बिहुँकोट ६ स्थित परमेश्वर राममन्दिर पुननिर्माणका लागी जापानबाट रु ४ लाख सहयोग !

भरत सापकोटा, विहुँ बागलुङ २०७५ कात्तिक २७ । काठेखोला गाउपालिका ६ बिहु स्थित श्री परमेश्वर राम मन्दिर पुननिर्माणका लागी आज रु ४ लाख हस्तान्तर गरिएको छ । बिहुँकोट समाज जापान र कान्साई क्षत्रिय समितिव्दारा संकलित उक्त रकम आज आयोजित एक कार्यक्रमकावीच बिहुँकोट समाज जापानका उपाध्यक्ष ईन्दलाल सुवेदीले मन्दिरका अध्यक्ष टीकाराम कँडेललाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै बिहुँकोट समाज जापानका उपाध्यक्ष सुवेदीले मन्दिर व्यवस्थापन समितिको अनुरोधमा सो रकम संकलन गरी आज हस्तान्तरण गरिएको बताएका थिए । सो अवसरमा कान्साई क्षत्रिय समितिका अध्यक्ष कृष्ण सुवेदीको पनि उपस्थिति रहेको थियो ।

सो मन्दिर २०७२ सालको महाभूकम्पले भत्किएर क्षतीग्रस्त बनेको थियो । पुननिर्माण गर्नका लागि अर्थाभावका कारण हुन सकेको थिएन ।

हस्तान्तरण समारोहको अध्यक्षता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम कंडेल, स्वागत मन्तव्य समितिका सचिव हरिप्रसाद कँडेल र सन्चालन कोषाध्यक्ष थानेश्वर कँडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *