नागरिक संग सहभागिताको शेयर शेयर माग्दै प्रदेश ५ का डिआईजी अधिकारी !

प्रेम सुनार, गुल्मी २०७५ कात्तिक २६ । हालै कार्यभार सम्हालेका प्रदेश ५ का प्रहरी प्रमुख डिआईजी पिताम्वर अधिकारीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम ’ सफल पार्न प्रदेशका विभिन्न जिल्लाका नागरिक संग सहभागिताको शेयर माग्दै हिडेका छन ।

रुपन्देही पाल्पा हुँदै सोमबार गुल्मी पुगेका उनले भने–‘ जसरी तपाई नागरिकहरु सहकारी संस्थामा शेयर हालेर मुनाफा कमाउनु हुन्छ , हाम्रो यस समुदाय प्रहरी साँझेदारी कार्यक्रममा पनि सहभागिताको शेयर राखी दिनुहोस त्यसको मुनाफा पनि हामी तपाईहरुलाई नै दिने छौं । ’

जिल्लाको सदरमुकाम तम्घास स्थित महेन्द्र नमुना माध्यामिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको समुदाय प्रहरी साँझेदारी कार्यक्रमको परिचयत्माक कार्यक्रमलाई सम्वोधन गर्दै उनले थपे–‘ समृद्ध समाज निमार्णका लागि शान्ति सुरक्षा अनिवार्य रहेकोले नागरिकहरु विना वर्दिको प्रहरी बनेर अपराध नियन्त्रणमा सहभागि हुन हामी आग्रह गर्दछौ । ’

उनले प्रदेशका सबै जिल्लामा पुगेर सुरक्षा अबस्था बुझेर आफुले बिशेष काय योजना योजना बनाउन लागेको बताए । अर्को एक प्रशंगमा उनले खुल्ला सिमामा हुने अवैध सामग्री ओसार पसारमा प्रहरीको समेत संलग्नता रहेको संकेत प्रति बिशेष चासो दिएको बताउँदै प्रहरी होस वा जो कोही होस आफुले नछाड्ने चेतावानी दिए ।

राजमार्गमा हुने बढ्दो दुर्घटना प्रति चिन्ता ब्यक्त गर्दै न्युनिकरणका लागि बिशेष कार्यक्रम तय गर्ने उनको भनाई थियो । उनले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल , प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेत लगायत संग बसेर गुल्मीको सुरक्षा अवस्थाबारे बुझ्दै प्रहरी संगठनको निरीक्षण समेत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *