नेकपाको देउसी भैलो : संकलित रकम कुनै हालतमा दुरुपयोग हुन दिइन्न !

झरना कडेल, बुर्तिवाङ २०७५ कात्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले देउसी भैलो कार्यक्रम २०७५ को आय ब्यय विवररण सार्बजनिक गरेको छ ।

शुभ दीपावलीका अबसरमा नेकपाका युवाहरुको सक्रियतामा नेकपा ढोरपाटन नगर संयन्त्रको देउसी भैलो कार्यक्रमबाट संंकलित रकम भएको खर्च आज एक कार्यक्रमको आयोजना गरी सार्बजनिक गरिएको हो ।

कार्यालय सचिब गोपाल महतले सार्बजनिक गरेको आय ब्यय विवरणमा ८० जना महानुभावहरुवाट रु ४ लाख ७३ हजार ७ सय १३ रुपैया प्राप्त भएको छ भने बाद्यबादनका सामान, साउण्डसिष्टम ड्रेस र खाजा गरेर रु १ लाख २९ हजार ६ सय ७० रुपैया खर्च भएको देखाईएको छ । बचत रहेको ३ लाख ४४ हजार ४३ रुपैया भने आजै सोहि कार्यक्रमकै अबसरमा नेकपा ढोरपाटन नगर संयन्त्रलाई हस्तान्तरण गरिएको छ ।

आज भएको कार्यक्रममा देउसी भैलो कार्यक्रम २०७५का संयोजक अमर लोप्चनको अध्यक्षता, ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली उपप्रमुख करमती पुन, नेकपाका बरिष्ठ नेता तुल्सीराम अर्याल, ढोरपाटन नगर संयन्त्र सदस्य चन्द्रलाल अर्याल, ढोरपाटन नगर संयन्त्र सदस्य टंक प्रसाद पौडेल , ढोरपाटन नगर संयन्त्र वडा नं १ का सदस्य लाल बहादुर घर्तिमगर, नेकपाका ज्ञानप्रसाद कंडेल, नबस्थापित कार्यलयका सचिब गोपाल महत, बुर्तिबाङ राईजिङ युवा क्लबका बरीष्ठ उपाध्यक्ष ममता गैरे, महिला नेत्री सीता कंडेल थुमकला पौडेल भिमकुमारी परियार र ३ वटै मिडियाका सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

सो अबसरमा बोल्दै नेकपाका नेता चन्द्रलाल अर्यालले युवाहरुले गरेको यो कामको सराहना गर्दै देउसी भैलोबाट प्राप्त रकमलाई कुनैपनि हालतमा दुरुपयोग हुन नदिने बताए छ । उनले देउसी भैलोमा सहयोग गर्ने दाताहरुलाई ह्ृदयदेखीनै धन्यबाद ब्यक्त गर्दै, यो रकमलाई नितान्त कार्यालय ब्यबस्थापन र राम्रा कामका लागी खर्च गर्ने बताए ।
देउसी भैलो कार्यक्रमका सदस्य देब बहादुर बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कमल भुषालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *