फलेवासमा चट्याङ लागेर घाईते भएका १० जनाको धुलिखेलमा उपचार !

माधव पराजुली, पर्वत २०७३ फागुन २७ । आज शुक्रवार विहान देखी परेको अविरल वर्षाले गर्दा पर्वत जिल्लाको जनजीवन प्रभावित बन्यो । शुक्रबार साँझ ५ बजेको समयमा फलेवास खानी गाउँमा परेको चट्याङबाट १० जना घाईते बनेका छन भने घाईते मध्य केहिको अवस्था गम्भीर रहेको अस्पताल प्रमुख प्रशान्त गुप्ताले जानकारी दिए ।

उनिहरुको फलेवास स्थित धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । घाईतेहरुको शरीरका विभिन्न अंगहरुमा चोट लागेको अस्पताल श्रोतले जनाएको छ ।

चट्याङ परेर घाईते हुनेहरु सबै खानीगाउँ गाविसका डेढ वर्षका बालक देखी ३० वर्ष उमेरका युवासम्म रहेका छन् । घाईते हुनेहरुमा अधिकांश महिलाहरु रहेका छन् ।

घाईते हुनेहरुमा खानिगाउँ गाबिसका ३० बर्षीय मोती सापकोटा, २६ बर्षीया रिता चपाई, २६ बर्षीय अमृता नेपाली, १६ बर्षीया अमृता पौडेल, १५ बर्षीया सिर्जना बोहोरा, ८ बर्षीया अईन्ता श्रेष्ठ, ८ बर्षीया आईसा नेपाली, ६ बर्षीय आकृति श्रेष्ठ ४ बर्षीय दुर्गा श्रेष्ठ र साढे एक वर्षका बालक समेत रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *