आजको तस्वीर : भैलीको आम्दानीले राजमोको जिल्ला सम्मेलन !

शव्द/चित्र : मेघराज रिष्मेली/सञ्जाल शर्मा,

गल्कोट (बागलुङ) २०७५ कात्तिक २५ । गल्कोट नगर क्षेत्रका पचुवा, गल्याङ, काँडेवास, वीरकोट, बिसाउना, बाँसखोला, आँगाखेत, टिमुरबोट, छिस, दरवार, रिस्मी गरि ११ स्थानमा राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलनको सयोगार्थ खेलिएको देउसी भैलोमा तीन लाख सत्तरी हजार ९ ३,ाा७०,०००० रकम उठेको उक्त भैली टिमका ब्यवस्थापक संजाल शर्माले ईबाग्लुङ्ग लाई जानकारी दिनु भएको छ। कार्तिक २१ गते बाट सुरु भएको उक्त भैली चौथो दिन कार्तिक २४ गते गल्कोटको रिस्मीमा उक्त टिमले एक कार्यक्रम बिच भैलीलाई समापन गरेको छ।

समापन मन्तव्य व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटाले ू भैली कार्यक्रममा सहयोग गर्नु हुने सम्पुर्ण अभिभावक, सहयोग दाता, कलाकार र कार्यक्रममा खट्ने सबैलाई धन्यवाद दिँदै संकलित रकम आगामी मंसिर २१ र २२ गते गल्कोटको हटियामा हुन गाईरहेको जिल्ला सम्मेलन सफल पार्नको लागि खर्च गरिने जनाए । उनले राजमोको सम्मेलन सफल पार्न सबैलाई आवह्वन समेत गरे ।

राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलन सहयोगार्थ गल्कोट नगरपालिकाका रिघा केन्द्र र दुदिलाभाटी केन्द्र गरि थप २ स्थानमा समेत भैलो संचालन भैई रहेको छ। भैली भोलि सम्म संचालन हुने बताईएको छ। समग्रमा गल्कोट नगरपालिकामा १० लाख आर्थिक संकलन गर्ने अनुमान आयोजकले गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *