आजको तस्वीर : उज्यालो हरिचौर अभियान !

शव्द/चित्र : घनश्याम गौतम,

गल्कोट २०७५ कात्तिक २४ । तिहारको अबसरमा उज्यालो हरिचौर अभियान अन्तरगत गल्कोट नगरपालिका बडा नम्बर ५ को हरिचौर बजारमा देउसी भैली कार्यक्रम हिँजो साझ सम्पन्न भएको छ । उज्यालो तथा फुलै फुलको पर्ब शुभ दीपाबलीमा रमाईलो गर्न खेलिने देउसी भैलो कार्यक्रम पछिल्लो समयमा बिभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्न तथा समाजमा सकारात्मक काम गर्ने उदेश्य राखेर खेल्न थालिएको छ ।

यसै बिच हरिचौरका युबाहरुको सक्रियतामा उज्यालो हरिचौर अभियान सञ्चालन भएको छ । हरिचौर बजार तथा बडा कार्यालयलाई उज्यालो बनाउन सोलार बत्ति तथा एलईडी बल्बको जडान गर्ने, बजार क्षेत्रमा सुरक्षा ब्यबस्थालाई ब्यबस्थित बनाउन सिसिटिभिको जडान गर्ने, सरसफाई गरी सुन्दर बजार निर्माण गर्नको लागी उज्यालो हरिचौर अभियान सञ्चालन गरिएको अभियानका सदस्य हिरा बहादुर काउचाले जानकारी दिए ।

शुभदीपाबलीको अबसरमा हरिचौर बजारमा सन्चालित उज्यालो हरिचौर कार्यक्रममा देउसी भैली खेलेर ३ लाख ४८ हजार ३१ रुपैया सहयोग रकम संकलन भएको अभियानका सयोजक मिलन केसीले ईबागलुङलाई जनाकारी दिए ।

८५ बर्षिय बृद्धा तिल कुमारी खत्रीको अध्यक्षतामा सञ्चालन गरिएको उज्यालो हरिचौर कार्यक्रममा सहयोग गर्ने सहयोगदाता प्रति अभियानका सदस्य ईलशन थापाले धन्यबाद ज्ञापन गरेका थिए । अभियानका लक्ष्य अनुसार हरिचौर बजारलाई नमुना बनाउन तथा सुन्दर बनाउन सबैले सक्दो सहयोग गर्न समेत थापाले आग्रह गरे ।

कार्यक्रममा गल्कोट नगरपालिकाका जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, सरोकारबाला, सुरक्षाकर्मी, स्थानियबासी लगाएतको सक्रिय सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *