NYC ताराको बार्षिकोत्सब सम्पन्न : पुरुष र महिला भलिबलको उपाधी किम्चौर म्याग्दीलाई !

पूर्णभद्र निउरे ताराखोला २०७५ कात्तिक २३ । कात्तिक १७ देखि शुरु भएको नवसृजना युवा क्लब NYC ताराको १५ औं बार्षिकोत्सब तथा शुभदीपावली मेला बिहिवार सम्पन्न भएको छ ।

बार्षिकोत्सबको अबसरमा आयोजित खुला वडास्तरिय पुरुष भलिबल प्रतियोगितामा सहभागी २८ समूह मध्यबाट प्रगतिशील युवा क्लब मंगला गा पा ५ किम्चौर म्याग्दी प्रथम र मिर्मिरे युवा क्लब ताराखोला दित्तिय हुदै क्रमशः ५० हजार र ३० हजार नगद पुरस्कार हात पारेका छ्न ।

त्यसै गरि ८ समूह को सहभागीता रहेको महिला भलिबल प्रतियोगितामा प्रगतिशील युवा क्लब किम्चौर म्याग्दी प्रथम र आयोजक ल्थ्ऋ तारा दित्तिय भएका छन । १४ समुहको सहभागी रहेको ताराखोला मै पहिलो पटक आयोजना गरिएको डबल ब्याडमिन्टन प्रतियोगितामा हरिचौरका किशान के सी र राजन कार्कीको समूह प्रथम र हरिचौर कै थमन सुनार र मनोज कुमार थापा दित्तिय भएको खेलकुद संयोजक टकेन्द्र घर्ती ले जानकारी दिए ।

११ समूहको सहभागी रहेको धनुषबाण प्रतियोगिताको प्रथम उपाधी ताराखोला गा पा ५ करिमेलाले जितेको छ भने भदौरे मेला ब्याबस्थापन समिती अर्गल सिलेले दित्तिय स्थान हात पारेको छ ।

सर्बोकृष्ट खेल प्रर्दशन गर्दै पुरुष भलिबल तर्फ मिर्मिरे युवा क्लबका प्रदिप रोका, महिला भलिबल तर्फ ल्थ्ऋ ताराका एशिया सिंजाली, धनुषबाण तर्फ करिमेलाका कुशल रोका उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भएका थिए ।

कार्यक्रम २१ गते सकिने भनिए पनि सबै प्रतियोगिता सहभागी रहने टिम बढी भएकोले कार्यक्रम थप एकदिन लम्बिएको थियो।

कार्यक्रमको कार्तिक २० गते गण्डकी प्रदेशका सांसद चन्द्र बहादुर बुढा मगरले उद्घाटन गरेका थिए ।बार्षिकोत्सबको अबसरमा क्लबले ताराखोला गाउँ पालिकामा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्याक्तीतबहरुलाई सम्मान , ज्येष्ठ नागरिक सम्मान समेत गरेको क्लबका अध्यक्ष पूर्ण भद्र निउरेले बताए ।
सोही अबसरमा क्लबले स्थानिय युवा बर्ष बाल बिकास केन्द्रका लागि रु १५ हजार सहयोग प्रदान सङ्गै नेपाल मा बि तारामा प्राविधिक शिक्षा संचालनका लागि आधार तयार गर्न क्लबका तर्फबाट ५ हजार सहयोग गर्दै मंसिर १ देखि फागुनमा हुने उक्त बिद्यालयको स्वर्ण महोत्सव सम्म आर्थिक संकलन अभियान संचालन गर्ने घोषणा गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *