देशको शैक्षिक नीति परिवर्तन बिना देशको शिक्षा प्रणालीमा सुधार हुँदैन-केन्द्रिय सदस्य रिजाल

संविधान संशोधनबाट एमाले भाग्न खोजेको काग्रेस नेता रिजालको आरोप !

हरि शर्मा, बागलुङ २०७३ फागुन २७ । नेपाली काग्रेसका केन्द्रिय सदस्य पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाल ले देशमा बढ्दै गएको उग्रबादले देशको समृद्धि नहुने बताएका छन । नेपाल शिक्षक संघ बागलुङको आठौ अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

अहिलेको संविधानमा दलित महिला, मुस्लिम, आदीबासी, मधेसी, पिछडिएका बर्गहरुको समान प्रतिनिधित्व भएकाले यस्को कार्यान्वयनमा सवै दलहरु एकजुट बन्नुपर्ने बताए ।

संविधान संशोधन प्रस्तावको छलफलबाट एमाले भाग्न खोजेको आरोप लगाउदै उनले संविधान जारी गर्दा गरेको प्रतिवद्धता तोड्न नहुने बताए ।

एमाले मधेसमा गएर मधेसीको माग पुरा हु्न नसक्ने भन्दै उनले मधेसीको अधिकार मधेसीकै आयोगबाट हुने बताए । पञ्चायतको बेलामा पनि नेपाली काग्रेस र शिक्षक संघको भूमिका राम्रो रहेको भन्दै उनले देशको शैक्षिक नीति परिवर्तन बिना देशको शिक्षा प्रणालीमा सुधार नहुने बताए । उनले नेपाली काग्रेसले चीन र भारतले जस्तो शिक्षामा सुधार गर्न नसकेपनि सन्तोषजनक उपलव्धि भने भएको बताए ।

एक प्रशंगमा उनले केपी ओली र सिके राउतको बाटोमा सरकारले साथ दिएको भन्दै त्यस्ले भोलीको दिनमा देशलाइ गम्भिर संकटमा पुर्याउने बताए ।
त्यस्तै उनले स्थानीय निकायको निर्वाचन विना संविधान कार्यान्वन नहुने भन्दै त्यस्का निम्ति सवैको साथ आवश्यक रहेको बताए ।

सो अवसरमा नेपाल शिक्षक संघ राष्ट्रिय कार्य समितीका उपाध्यक्ष विष्णुदेवी पाण्डे, नेपाल शिक्षक संघ राष्ट्रिय उपाध्यक्ष किशोरदत्त बराल, सांसदहरु चारजना प्रकाश शर्मा पौडेल, चम्फा खड्का, रत्ना शेरचन, ज्ञानकुमारी छन्त्याल, तथा नेपाली काग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापा, नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल शिक्षक संघका अध्यक्ष सागर खरेलको अध्यक्षता उपाध्यक्ष ज्ञानु शिरीषको स्वागत मन्तव्य र सचिव भवानी प्रसाद कडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.