गुल्मीमा भाईटीका लगाउन हिडेका ५ जना जीप दुर्घटनमा गम्भीर घाईते !

कौरव खत्री, गुल्मी २०७५ कात्तिक २३ । गुल्मीको सदरमुकाम तम्घासबाट भाडगाँउ तर्फ जादै गरेको बा १० च ६१५२ नम्वरको जीप शुक्रवार विहान रेसुगां नगरपालीका ३ स्थीत भाडगाउँमा दुर्घटना भएको छ । दुर्घटनामापरि जिप मालिक र उनका परिवार सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शुक्रवार विहान १० वजेतिर भाईटीका लगाउन भनि भाडगाउँ जाने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटनामापरि जिप मालिक निर्मला केसी, उनका छोरा प्रवेश केसी, छोरी सन्ध्या केसी, मनिका घिमिरे र पुष्पा राना रहेका छन् । घाईतेहरु सवैलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि हेलीकप्टर मार्फत काठमाडौ लगिएको छ ।

दुर्घटना भएको उक्त जीप सडकवाट एक सय मिटर भन्दा तल खसेको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *