ओम शान्ति भवन बागलुङमा सामुहिक भाईटीका ग्रहण कार्यक्रम सम्पन्न !

बागलुङ २०७५ कात्तिक २३ । नेपालीहरुको दोश्रो महान चाड भाई तिहार दिदी बहिनी दाजुभाईहरुले आज एकापसमा टीका लगाई मनाएका छन् । नेपालीहरुका घरघरमा आज विहान ११.५५ बजेको शुभसाईतमा भाई तिहारको टीका ग्रहण गरिएको थियो । शुभ साईत पछी आज राति सम्म दाजुभाई दिदी बहिनीहरुवीच टीका लगाउने लगाई दिने गरिन्छ ।

आज विहान ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग केन्द्र बागलुङमा भाई तिहारको उपलक्षमा सामुहिक भाईटीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

ब्रह्मकुमारी राजयोगिनी दिदी सावित्रीले केन्द्रमा आएका महानुभावहरुलाई टीका लगाई दिएकी थिईन् । टीका ग्रहण कार्यक्रममा सशस्त्र प्रहरी बल कास्की ४ नं बाहिनीका प्रहरी नायब महानिरीक्ष प्रविण कुमार श्रेष्ठ लगायत स्थानीय समाजसेवी, समाजका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको ब्रकु स्मृति दिदीले जानकारी दिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *