सिवाईसीव्दारा एकै दिन २ नयाँ बुहारीको स्वागत !

सुमन जीसी, बागलुङ २०७३ फागुन २७ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले हालै मात्र सञ्चालन गरेको आफ्नो कार्यक्रम÷सेवा नयाँ बुहारी स्वागत अन्तर्गत शुक्रवार एकै दिन २ जना बुहारीलाई स्वागत गरेको छ ।

जिल्लाको बा.न.पा.–१ रामरेखा स्थीत शेयर सदस्य डिलवहादुर के.सीका जेष्ठ सुपुत्र बाबुराम के.सीको पोखरा उपमहानगरपालीका वडा नं. ४ निवासी लक्ष्मी के.सीसंग सम्पन्न भएको बैवाहीक कार्यक्रम र बा.न.पा. ५ स्थीत शेयर सदस्य हरिप्रसाद उपाध्याय का कान्छा छोरा तथा शेयर सदस्य प्रज्ञा उपाध्यायका भाई प्रतिष्ठा उपाध्यायको म्याग्दी जिल्ला बेनी नगरपालीका वडा नं. ८ नीवासी मनिषा सुवेदीसंग सम्पन्न भएको बैवाहीक कार्यक्रमका अवसरमा संस्थाका ऐक्सेस कार्यदल सदस्य सीता शर्माको टोलीले के.सी. र उपाध्यायको घरमै पुगेर नयाँ बुहारी के.सी. र सुवेदीलाई टिका, खादा र बधाई तथा शुभकामना पत्र सहित स्वागत गरेको छ । सोही अवसरमा नयाँ बुहारी के.सी र सुवेदीलाई संस्थाले शेयर सदस्य समेत प्रदान गरेको छ ।

संस्थाले जीवन आवास तथा सामाजिक सुरक्षा कोषको स्थापना गरी साही कोष मार्फत सदस्यको घरमा हुने जन्म देखि मृत्यूसम्मका सबै सुख दुःखमा साथ र सहयोग गर्ने गरेको छ । महिला दिदीवहिनीहरुको सम्पती माथिको पहुँच वृद्धि र भविष्यमा संस्थामा बुहारी शेयर सदस्यहरुको एउटा छुट्टै सिस्टर्स क्लव गठन गर्ने परिकल्पनाका साथ यो सेवा सुरुवात गरिएको संस्थाले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.