सुमन जि.सी, बागलुङ २०७३ फागुन २७ । जिल्लामा क्रियाशील सहकारी संस्थाका नेतृत्व वर्ग र कर्मचारीहरुलाई सहकारी सम्वन्धी ज्ञान, सीप र दक्षता अभिवृद्धिका साथै व्यवस्थापकीय क्षमता वृद्धि गर्ने उद्देश्यले बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा बुधवार देखि सुरुवात भएको २ दिने सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
बागलुङ र म्याग्दीका गरी ३० वटा संस्थाका ५२ जनाको सहभागिता रहेको तालिमलाई नेफ्स्कूनका लेखा सुपरीवेक्षण समिति संयोजक दामोदर अधिकारी र जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सहजिकरण गरेका थिए ।
तालिममा सहभागिहरुलाई सहकारीको परिचय, सहकारी सञ्चालन प्रकृया, समिति तथा पदाधिकारीहरुको भूमिका, व्यवस्थापकको कार्य जिम्मेवारी, व्यवस्थापन र सञ्चालकवाट राख्ने अपेक्षा र सञ्चालककले व्यवस्थानवाट राख्ने अपेक्षा लगाएतका विषयहरु समेटिएका थिए ।
तालिम समापन सत्रमा प्रशिक्षक दामोदर अधिकारी, जिल्ला स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा, सहभागिहरुको तर्फवाट केन्द्रिय कृषि तथा पशुपालन सहकारी संघका मिरा पोखरेल, संरक्षक कृषि सहकारी संस्था लि. बागलुङका शोभा काउचा र झिम्पा साकोसका लिन रुमालले मन्तव्य राखेका थिए ।
कार्यक्रम संघका अध्यक्ष पौडेलको अध्यक्षता र संघका शिक्षा उपसमिति सदस्य गण्डकी थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैवीच मालिका साकोस भरतपुर चितवनको टोलीव्दारा बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङको स्थलगत अवलोकन तथा संस्थाले गरेका गतिविधिहरुको वारेमा छलफल र अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
अन्तरकृया कार्यक्रममा भ्रमण कार्यक्रमको आशा अपेक्षाको वारेमा मालिका साकोस भरतपुरका अध्यक्ष लक्ष्मीप्रसाद उपाध्याय पौडेलले जानकारी गराएका थिए भने बागलुङको सहकारी अभियान तथा सिवाईसी साकोसले गरेका गतिवीधिहरुको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता र प्रवन्धक नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।