गल्कोट महोत्सव : भाईटीकाको दिन टिकट नम्बर १२७६६को भाग्य चम्कियो !

घनश्याम गौतम गल्कोट २०७५ कात्तिक २३ । हालै सम्पन्न गल्कोट महोत्सवको टिकट नम्बर १२७६६ लाई होण्डाको डियो स्कुटर परेको छ । बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईले गत कात्तिक ९ गतेदेखि १८ गते सम्म गल्कोट नयरपालिका बडा नम्बर ३ हटिया सिमखेतमा सञ्चालन गरेको कृषि पर्यटन औधोगिक ब्यापार मेला तथा प्रथम गल्कोट महोत्सवमा प्रबेश टिकटबाट एकजना भाग्यशाली दर्शकलाई होण्डाको डियो स्कुटर प्राप्त गरेका छन् ।

आयोजकले महोत्सवमा एकजना दर्शकलाई अन्तिम दिन लक्की ड्र गरि स्कुटर उपहार दिने बताएको भएपनि कार्यक्रम समयमै सम्पन्न नहुदा रोकिएको थियो । उक्त उपहार उज्यालो पर्ब तिहारको भाईटीकाको दिन ड्र गरिएको छ ।

आज बिहान उद्योग बाणिज्य संघ गल्कोट ईकाईको कार्यालयमा पत्रकार, सुरक्षाकर्मी, सरोकारबाला तथा ब्यबसायिकको सहभागितामा लक्की ड्र गर्दा १२७६६ नम्बर परेको थियो । होन्डा कम्पनीको २ लाख २५ हजारको स्कुटी पाप्त गर्न उत्त नम्बर १२७६६ अकिंत टिकटको पुरा अर्धकट्टी लिएर ३ दिन भित्र उद्योग बाणिज्य संघ गलकोट ईकाईको कार्यालयमा सम्पर्क गर्न ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठले आग्रह गरेका छन् ।

हरेक टिकटको अर्धकट्टीमा प्रबेशाज्ञा लेखिएको छ, ईकाईका उपाध्यक्ष ढालेन्द्रप्रसाद गौतमले भने, उक्त प्रवेशाज्ञा माथि ईकाईको र गल्कोट महोत्सबको छाप लगाईएको अर्धकट्टी बितरण भएकोले उक्त छाप अंकित अर्धकट्टी मात्रै मान्य हुने छ । ईकाईले गल्कोट महोत्सब सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण सहयोगदाता प्रति हार्दिक अभार ब्यक्त गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *