छोराको लडेर मृत्युको खबरले आमाको हृदयघातबाट मृत्यु : ताराखोला- ४ शोकमग्न !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ कात्तिक २३ । बागलुङको ताराखोला वडा न ४ शोकमा डुबेको छ भने हिन्दुहरुको महान पर्व तिहारको दिन निधारमा सप्तरङ्गी टीका र माला लगाउने दिनमा गाउनै आँखामा आसु बगाउदै २ मुर्दा आमा छोराको लास बोकेर दाह सस्कारमा घाटमा पुगेका छन् ।

तारा ४ का युवा नेता दिवश खत्री पदमका अनुसार ताराखोला गाउपालिका ४ घर भएका ५८ बर्षिय बलाराम कडेल २२ गते विहान १० बजे काँफलडाडामा मृत्य अवस्थामा पुर्णबहादुर परियारले भेटाए उनि २१ गते राति भिरबाट लडेर मृत्यु भएको र छोराको मृत्यु भएको खबर सुनेपछि बलारामकी ९२ बर्षिकि आमाको पनि हृदयघात भै मृत्यु भएको थियो ।

उनिहरुलाई आज भाई टिकाको बिहानमा घाट लगी दाह संस्कार गरिएको छ । यतिबेला गाउनै शोकमा डुबेको छ । कँडेल परिवार सामाजिक सेवामा अतुलनीय योगदान गरेको परिवार हो । उनको ताती नतिना र छोरा छोरी शिक्षण पेसामा आवद्द छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *