नव सिर्जना युवा क्लब ताराखोलाव्दारा बिभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सम्मानित !

ताराखोला,(बागलुङ) २०७५ कात्तिक २३ । नव सिर्जना युवा क्लब (NYC) ताराखोलाले आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा ताराखोलाको चिनारीका लागि योगदान दिने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई सम्मानित गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा पत्रकार खगेन्द्र विश्वकर्मा ताराखाेला वडा न ५, महिला अधिकारकर्मी भविकला घर्ती अर्गल सिले, शिक्षा क्षेत्रमा योगदान पुयाउने जनप्रेम माध्यमिक विद्यालयका प्रध्यानाध्यापक नईन्द्र गुरुङ अमरभुमि भुस्कात, समाज सेवा अन्तरगत वडान ४ का नरेश केसी, खेलकुद क्षेत्रमा वडा ३ का विष्णु खत्री, व्यावसाय अन्तरगत ओम प्रकाश अग्रेजा तारा ५, कृषि क्षेत्रमा वडा न १ प्रेम प्रसाद कडेल रहेका छन् ।

एक भव्य कार्यक्रमका बीच गण्डकी प्रदेश सांसद चन्द्रबहादुर बुढा सागर, ताराखोला गाउपालिकाकी उपाध्यक्ष दिलकुमारी रोका, नवसिर्जना युवा क्लबका अध्यक्ष पुर्णभद्र निउरे, उपाध्यक्ष धनबहादुर घर्तीले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर प्रशंसापत्र सहित अभिनन्दन गरेका थिए ।

समारोहको अध्यक्षता क्लबका अध्यक्ष निउरेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *