चौराहमा सम्पन्न फुटबल प्रतियोगितामा धर्म पोखरी युवा समाज रिघा बिजयी !

गल्कोट २०७५ कात्तिक २२ । गल्कोट नगरपालिका १ दुदिलाभाटी स्थित चौराहा खेलकूद तथा साँस्कृतिक परिषदको आयोजनामा गत कात्तिक १९ गते सुरु भएको फुटबल प्रतियोगिताको फाईनल खेल आज सम्पन्न भएको छ ।

धर्म पोखरी युवा समाज रिघा र शुभलक्ष्मी सुनचाँदी बागलुङ बीच भएको ५० मिनेटको रोचक प्रतिष्पर्धामा धर्मपोखरी युवा समाज रिघा बिजयी भएको छ ।

प्रतियोगिताको निर्धारित समयमा दुबै टीमको बराबर गोल भएपछी पेनाल्टीबाट रिघाले ६ र बागलुङले ४ गोल बनएको थियो । बिजयी धर्म पोखरी युवा समाज रिघाले रु ४० हजारको पुरस्कार प्राप्त गरेको छ ।

फुटबल प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको पनि आतिथ्यता रहेको थियो ।

चौराहमा समापन कार्यक्रम जारी छ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे तथा उप प्रमुख रेणुका काउचा मगरको प्रमुख आतिथ्यता रहेको छ ।
तस्वीर- कृष्ण थापा, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *