गनपा – ४ ओखरबोटको चमुवा खोलामा निर्मित पक्की पुलको उद्घाटन !

बालकृष्ण सुवेदी, गल्कोट २०७५ कात्तिक २२ । गल्कोट नगरपालिका वडा नम्बर ४ ओखरबोट स्थित चमुवाखोलामा निर्माण गरिएको पक्की पुलको आज शुक्रबार उदघाटन गरिएको छ । पुलको उदघाटन अध्यक्ष बलबहादुर खत्री र स्थानीय बयोबुद्ध अदम बहादुर खत्रीले संयुक्तरुपमा गरेका थिए ।

उदघाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष बल बहादुर खत्रीले सरकारले लगानी गर्न नसकेको स्थानमा स्थानीयले आफ्नै सक्रियतामा पुल निर्माण गर्नु प्रशंसायोग्य रहेको बताए ।

अध्यक्ष खत्रीले स्थानीयको सक्रियता बिना कुनै पनि काम सम्पन्न गर्न नसकिने भन्दै बिकास निर्माणको कार्यमा हातेमालो गर्न आग्रह गरे ।
सोही अबसरमा पुलको आम्दानी खर्च सार्वजनिक गरिएको थियो । कार्यक्रममा निर्माण समितिका सदस्य लिलाधर गैरे लगाएले बोलेका थिए ।
कार्यक्रम पुल निर्माण समितिका संयोजक तिल बहादुर खड्काको अध्यक्षता र सदस्य तारापती न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *