सेल रोटी पकाउदा घरमा आगो सल्किएर खरानी, ७ जना परिवारको बिचल्ली !

टिकाराम भट्टराई,बुर्तिबाङ २०७५ कात्तिक २२ । बडीगाड गाउँपालिका वडा नम्बर १० साबिक दर्लिङ गाविसमा गत राति १ घर जलेर नष्ट भएको छ ।

लक्ष्मी पूजाको बेलुका करिब रातको ९ बजे घरमा सेल रोटी पकाउने क्रममा दर्लिङका दके बि क को खरको घरमा एक्कासी तेलबाट आगो सल्कदा घरमा रहेका सम्पुर्ण खाद्यान्न,भाडाँकुडाँ,लत्ता कपडा सहित नयाँ घर बनाउने करिब ८० हजार बराबरको दारपात,२० हजार बराबरको किराना पसलका सामानहरु लगायत घरमा पालेका कुखुरा समेत जलेर नष्ट हुदा करिब ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको स्थानिय युवा सुधन बिश्वकर्माले बताए ।

स्थानीयको सक्रियतामा राति साढे म९ बजे आगो नियन्त्रणमा आएको थियो । सामान्य परिवार रहेका बि क को बाबु आमा,२ छोरा १ छोरी,श्रीमती सहित ७ जनाको परिवार भने भागेर बाच्न सफल भएका हुन । बिहान घटनाको बारेमा भिङगिठे प्रहरी चौकीमा खबर गरेपनि तिहार पछि मात्र घटना स्थल आउने जानकारी पाएको समेत बिश्वकर्माले बताए ।

सबैको घरमा तिहारको माहोल छाहिरहदाँ बि क को परिवारमा भने रुवाबासी । उनिहरु अहिले छिमेकीको आश्रयमा रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *