गल्कोटका गाउँघरमा चहलपहल, सुनसान हटिया बजार … !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ कात्तिक २२ । नेपालीको महान् चाड बडादशैँ र दीपावलीले गर्दा गल्कोटको गाउघरमा चहलपहल बढेको छ । दशैँ र तिहारलाई लक्षित गरी आवतजावत गर्नेको चाप सहर क्षेत्रमा बढिरहेको छ भने दशैँका लागि गाउँ फर्कने क्रमले विगतमा सुनसान बनेका बस्तीमा खुसीयाली बढाएको छ ।

रोजगारीको खोजीमा युवाको गाउँ छोड्नुपर्ने बाध्यता भए पनि दशैँ तिहार जस्ता चाडपर्वले वर्षमा एक दुई पटक परिवारका सदस्यबीच जमघट गराउने गरेको गल्कोट नगरपालिका वाड नम्बर १ का क्याटेन लिल बहादुर खत्रीले बताउछन् । “पछिल्ला वर्षमा अधिकांश गाउँका युवा रोजगारीको खोजीमा विदेश गएका छन् भने नेपालभित्रै पनि रोजगारी र अन्य अवसरका लागि युवा सहर बस्ने गरेकाले धेरै गाउँमा बुढाबुढीबाहेक कोही छैनन्,” उनले भने, “कहिले दशैँ आउँला र आफ्ना छोराछोरीसँग बसौँला भन्ने आशमा वर्ष बिताएका बुढाबुढीमा आफ्ना छोराछोरी तथा परिवारका सदस्य फर्केपछि खुसीयाली छाएको छ ।”

रोजगारीका सिलसिलामा भारतको नयाँदिल्लीमा पुगेका नेपाली दर्शै र तिहार मनाउनका लागी ठूलो संख्यामा फर्किरहेको दिल्ली–पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको मोर्डन इरा टुर एन्ड ट्राभल्स दिल्ली शाखाका संयोजक दिलप पौडेलले जानकारी दिए । पौडेलका अनुसार केहि भने दशै पर्व मनाएर फर्किएका छन । अधिकांश बिदेशमा भएका नेपालीहरु दशै मनाएर फर्किए पनि गल्कोटका बिभिन्न गाउदेखि अध्ययनका लागी बिभिन्न सहरहरुमा गएका बिद्यार्थी भने गाउघरमै बसेका छन ।

यसैबिच शुक्रबार परेको शुभ दीपावलीले गल्कोटको मुख्य बजार हटिया सुनसान बनेको छ । गल्कोटको हटियामा स्थाई रुपमा बसोबास गर्नेको संख्यामा भन्दा पनि बिभिन्न गाउदेखि झरेर भाडामा बस्नेको संख्या बढी भएका कारण उनिहरु तिहार मनाउन घर गएसँगै हटिया सुनसान बनेको हो । अन्य दिनको तुलनामा आज हटिया बजार सुनसान बनेको एभरेष्ट होटलका सञ्चालक कमला शर्माले बताईन । शर्माका अनुसार आफनो परिवार समेत तिहार मनाउनका लागी गाउ जाने बताईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *