जनताले तिरेको करबाट तलबभत्ता खाने जनप्रतिनिधिले लोभ नगरी काम गर्न नगरप्रमुख नेपालीको सल्लाह !

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ कात्तिक २१ । गल्कोट नगरपालिका वडा नम्बर ७ मल्म स्थित जनहित कलाकेन्द्रले आफ्नो चौथो वार्षिकोत्सव तथा दीपावलीको अवसरमा आयोजना गरेको तिहार विशेष कार्यक्रमको ढोरपाटन नगरपालिका नगरप्रमुख देव कुमार नेपालीले उद्घाटन् गरेका छन् । नगर प्रमुख नेपाली कार्यक्रम स्थलमा पुग्दा आयोजक तथा स्थानीयहरु पुष्पमालाव्दारा भव्य स्वागत गरेका थिए ।

उद्घाटन पछी वोल्दै नगरप्रमुख नेपालीले अब देश विकास र समृद्धिको मार्गमा अघि बढेकोले स्थानिय तहले तत्काल नतिजा आउने गरि विकास निर्माणका कार्यमा केन्द्रित हुनुपर्ने बताए । अहिलेसम्म जनतालाइ आश्वासनले मात्रै भुलाउने परिपाटी रहेकोले अब यसमा सुधार ल्याएर काम गरेर देखाउने समय आएको नगरप्रमुख नेपालीको भनाई थियो ।

नगरप्रमुख नेपालीले जनताले पसिना बगाएर तिरेको करबाट तलबभत्ता खाने जनप्रतिनिधिले कुनै पनि लोभ नगरी जनताको हित हुने काम गनुपर्ने र हरेक आर्थिक क्रियाकलाप पारदर्शी हुनुपर्ने प्रष्ट पारे ।

सो अवसरमा नगरप्रमुख नेपालीले जनहित कलाकेन्द्रमा आफुले व्यक्तिगत रुपमा १ लाख ५१ हजार रुपैयाँ तथा वडा नम्बर ७ को दलित सञ्जाललाई ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिने उद्घोष गरे ।

सोहि कार्यक्रममा नेपालीले स्थानिय आमा समुहलाइ रु ५० हजार रुपैयाँ, बाजा समूहलाइ रु १० हजार सोरठी भैलो समूहलाइ रु ५ हजार आर्थिक सहयोग गरे ।

दीपावलीको अवसर पारेर कलाकेन्द्रले पुरुष भलिवल प्रतियोगिता रस्साकस्सा प्रतियोगिता नृत्य प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको औपचारिक उद्घाटन आज गरिएपनि प्रतियोगितात्मक कार्यक्रम भने सोमबारबाटै सुरु भएका थिए ।
आज उद्घाटन सँगै पुरुष भलिवल प्रतियोगिता सहित सोरठी गीत नाँच नौमती बाजा प्रस्तुती सँगै चर्चित गायक विष्णु खत्री गायक तथा मोडल दुर्गेश थापाले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।

कार्यक्रम केन्द्रका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता उपाध्यक्ष चिरन्जिवी मरासिनीको स्वागत मन्तव्य र सचिव कोपिला खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *