जैमिनी नगरपालिकाले बेलबगरमा छिस्ती प्रहरी चौकी भवन निर्माण गरी प्रहरीलाई हस्तान्तरण

कुस्मीसेरा (बागलुङ) २०७५ कात्तिक २१ । जैमिनी नगरपालिकाले ८ नं वडा जैदी बेलबगरमा अस्थायी छिस्ती प्रहरी चौकी भवन निर्माण गरी आज एक कार्यक्रमकावीच जिल्ला प्रहरी कार्यालय बागलुङलाई हस्तान्तरण गरेको छ ।

आज आयोजित हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा चौकी भवनको उद्घान गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा प्रहरी उपरीक्षक रेग्मीले नगरप्रमुख पौडेल तथा वडा अध्यक्ष विजय शर्मा लगायतलाई खादा र प्रमाणपत्र सहित सम्मानित गरेका थिए ।

प्रहरी उपरीक्षक रेग्मीले छिस्ती प्रहरी चौकी भवन निर्माण गर्न आफ्नै जग्गाको व्यवस्था भैसकेको जानकारी दिँदै बजेट निकासा भएपछी आफ्नै जग्गामा भवन निर्माण गरी चौकी सन्चालन गरिने ईबागलुङलाई बताए ।

तस्वीर सौजन्य- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *