गल्कोट बाँसखोलाको तीन तले घरमा आगोलागी हुँदा १२ लाखको क्षेती !

घनश्याम गौतम, गल्कोट २०७५ कात्तिक २१ । गल्कोट नगरपालिका वडा नम्बर ९ को बाँसखोला गोडखालाको एक घरमा आगालागी हुदाँ करिब १२ लाख बराबरको क्षति भएको छ ।

आज बिहान करिब ६ बजेको समयमा एक्कासी स्थानिय लोकनाथ गौतमको घरमा आगालागी हुदाँ १२ लाख बराबरको क्षति भएको हो । आगालागीले तिन तले घर पुर्ण रुपमा जलेर नष्ट भएको गल्कोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष तेज बहादुर थापाले ईबागलुङलाई बताए । गौतमको घरमा भाडामा बस्ने गोमा बिकका अनुसार बिहान घरको चुलोमा आगो बालेर गोठमा गई फर्किदा बारदलीमा आगो देखेपछि स्थानियलाई जानकारी गराएको बताईन ।

आगो स्थानियबासी, प्रहरी, जनप्रतिनिधिको सक्रियतामा करिब ९ बजे नियन्त्रयमा आएको थियो । बिक छिमेकीको घरमा आश्रय लिएर बस्न थालेको वडा अध्यक्ष थापाको भनाई छ । घरधनी भने बिकलाई घर भाडामा दिई बसाई सराई गरेको स्थानियको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *