घाँटीमा खुकुरी तेर्साउँदै आफ्नो कोठामा लगेर नांगै पारी बलात्कार !

प्रेम सुनार, बुटवल २०७५ कात्तिक २१ । कपिलवस्तुमा एक महिलाको घाँटीमा खुकुरी तेर्साउँदै एक पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ । कपिलवस्तु नगरपालिका–८ का ३८ बर्षिय वर्मा भन्ने तालुक वढईले ५१ बर्षिया महिलालाई बलात्कार गरेको मुद्दा पीडित महिलाले दायर गरेको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी रवि रावलले जानकारी दिए ।

डीएसपी रावलका अनुसार ती महिलाले आफुलाई निजले उक्त रात घर भित्र पसी हातमा लिएको खुकुरी घाँटीमा तेर्साउदै आफु संग नहिडे ज्यान मार्ने धम्की दिदै आफ्नो कोठामा लगेर पुरै कपडा खोल्न लगाई जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन । मंगलबार जाहेरी परेको केहि घण्टा भित्रै आरोपी वर्मालाई पक्राउ गरी अदालतमा ७ दिन म्याद थपी अनुसन्धान सुरु गरिएको डिएसपी रावले बताए

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *