११० औँ देवकोटा जयन्तीमा पन्त र बिकल्पका दुई कृति विमोचित !

प्रदिप पन्त, बागलुङ, २०७५ कात्तिक २१ । लक्ष्मीप्रसाद देवकोटाको ११० औ जयन्ती एवं पुस्तक विमोचन कार्यक्रम पर्वतमा सम्पन्न भएको छ । पर्वत साहित्य सङगमको आयोजनमा देवकोटा जयन्ती एवं सरोज पन्तको समर्पण कविता सङग्रह र इन्द्रकुमार विकल्पको मनका रङ्गहरु मुक्तक सङग्रहको साहित्यकार व्दय प्रेम छोटा र काजि रोशनले विमोचन गरेका छन् ।

पर्वत लिमिठाना ७ मा जन्मेर धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा प्राध्यापन क्षेत्रमा लागेका पन्तका प्रकाशित मध्य कविता सङग्रह ८ औ कृति रहेको छ । पन्तका प्रकाशित कविता सङग्रहमा देश, समसामायिक बिषय एवं अन्य क्षेत्रका बिषयलाई लिएर ८२ ओटा कविताहरु लेखिएको छ ।

त्यसैगरि पर्वतकै श्रष्टा विकल्पव्दारा लिखित मुक्तक सङग्रह १० औ प्रकाशित कृति रहेको छ । उनका मुक्तकमा पनि समसामायिक बिषय केन्द्रित रहेको छ । कविता एवं मुक्तक सङग्रहको संयुक्त विमोचन गर्दै साहित्यकार प्रेम छोटाले महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा यसरी पुस्तक प्रकाशित गर्नु साहित्य क्षेत्रको विकासमा थप टेवा पुगेको बताए । देवकोटाले देखाएको मार्गलाई आत्मसाथ गरि साहित्यको चौतपीर्m विकास गर्दै जान साहित्यकारको भुमिका अहम हुने उनको भनाई थियो ।

कार्यक्रममा साहित्यकार काजी रोशन, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय, शिक्षाबिद धनन्जय अधिकारी, धौलागिरी बहुमुखी क्याम्पस बागलुङका सह प्रध्यापक डा दिनबहादुर थापा, सहप्रध्यापक बिष्णु मैत्रेय, साहित्यकार शान्ति नारायण धरोहर, शिक्षाविद बसन्तबहादुर सिके र म्याग्दी साहित्य समाजका घायल श्रीसले आआफनो मन्तव्य राखेका थिए ।

पन्तद्धारा लिखित कविता सङग्रहको धौलागिरी बहुमुखी क्याम्पसका उप प्रध्यापक हरिप्रसाद पाण्डे र विकल्पव्दारा लिखित मुक्तक सङग्रहको इन्द्रमान खत्रीले समीक्षा गरेका थिए ।

पर्वत साहित्य सङगमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता, सदस्य अर्जुन निर्जल पौडेलको स्वागत र सदस्य खेमराज शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *