Sorry, that menu does not exist.
 

आजको बन्द जाडोल लग्यो, भोलि बिप्लब माओवादीको बन्द के हुन्छ ?

बागलुङ २०७३ फागुन २७ । आज संघीय गठवन्धनको आव्हानमा भएको नेपाल बन्द बागलुङ बजारमा शान्तिपूर्ण सकिएको छ । झरी र जाडोले कठांग्रिएका नगरवासीले बन्दका कारण भन्दापनि जाडोका कारण घर पसलका ढोकाहरु लगाएर बसेको देखिन्थ्यो । सदरमुकामका विद्यालयहरुमा अध्ययनरत विद्यर्थीहरु बन्दको निहुँमा घरमै जाडो छलेर बस्न पाईयो भन्दै रमाएको देखियो ।

यसैवीच आज विहान नेपाल बन्द भनी बागलुङ बजार एरियामा रहेका पसल तथा सवारी साधन बन्द गराउदै हिँडने दुदिलाभाटी- ५ का नेपाल आदिवासी जनजाति महासंघ बागलुङका अध्यक्ष बमबहादुर गुरुङ र भकुण्डे- ६ का संघीय समाजवादी फोरमका संयोजक रेशम थापालाई नियन्त्रणमा लिएकोमा ६ बजे संघीय समाजवादी फोरमका जिल्ला सदस्य भक्तबहादुर विकको जिम्मा लगाई छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको अन्य कुनै भागहरुमा बन्दको केहि असर नपरेपनि विहान सबेरै देखीको अबिरल झरी र चिसोले भने जनजीवन प्रभावित बनायो ।

यसैवीच नेकपा माओवादी बिप्लबले भोलि फागुन २८ गते नेपाल बन्दको आव्हान गरेको छ । कन्चनपुरमा भारतीय सशस्त्र प्रहरी बलको गोलीले एक नेपालीको मृत्य अन्य केहि नेपाली घाईते भएको घटनालाई लिएर माओवादीले भोलि नेपाल बन्दको आव्हान गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply