नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको प्रतिनिधित्व गर्दै घम कोरिया प्रस्थान !

टिकाराम भट्टराई, बुर्तिबाङ,२०७५ कात्तिक २१ । सन २०१८ नोभेम्बर ९ तारिखमा आयोजना हुने तेक्वान्दोका जन्मदाता स्वर्गिय जनरल चोइ होङ ही को सयौं जन्म स्मृति तथा अवार्डिङ कार्यक्रममा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको प्रतिनिधित्व गर्दै सस्थापक राज कुमार थापा र केन्द्रीय सदस्य तथा राष्ट्रिय ब्ल्याक बेल्ट समितिका अध्यक्ष घम बहादुर थापा मंगलबार जनगणतान्त्रिक कोरिया प्रस्थान गरेका छन ।

कार्यक्रममा थापा “आउट स्त्यान्डिङ इन्स्ट्रक्टर मेडल अवार्ड” को लागि अन्तर्रा्ष्ट्रिय तेक्वान्दो महासंघ द्वारा मनोनित भएको र नोभेम्बर ९ मा घम उक्त अवार्डबाट सम्मानित हुने छन् ।

नेपालमा तेक्वान्दो बिकासको निम्ति खेलेको महत्वपूर्ण भुमिकालाई कदर गरि अन्तर्रा्ष्ट्रिय तेक्वान्दो महासंघले घमलाई उक्त मेडलले सम्मान गर्न लागेको तेक्वान्दो महासंघ बागलुङका सचिब प्रतिक घर्ती मगरले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *