बोहरागाउँ जन मावि झिम्पाका कक्षा दशका विद्यार्थीलाइ बिदाई !

कुम्बिर बिस्वकर्मा बुर्तिवाङ २०७३ फागुन २३ । बागलुङ पश्चिम् क्षेत्रमा अबस्थित जन माद्यामिक बिद्यालय बोहरागाउँ- ९ झिम्पामा एक कार्यक्रमका साथ कक्षा १० का विद्यार्थीलाई बिदाइ गरिएको छ। बिदाइ कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष खिम बिक्रम गिरिको अध्यक्षता र बिद्यालयका सहायक प्रधाना ध्यापक हुतराज भुषालको प्रमुख आथित्यता र कक्षा ९ मा अद्ययनरत छात्रा पार्बती न्यौपानेको स्वागत मन्तव्य र कक्षा ९ मा नै अद्यायनरत छात्रा बिमला परियारको सन्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यार्थीको तर्फबाट घनस्याम कडेलले मन्तव्य राखेका थिए।त्यसै गरि शिक्षकको तर्फबाट रिम प्रसाद पौडेल र सहायक प्रधानाध्यापक हुतराज भुषालले सुभकामना मन्तव्य राखेका थिए।

कक्षा १० का विद्यार्थीले बिद्यालयलाई उपहार स्वरुप एउटा करुवा र टेबुल समेत विद्यालयलाइ हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा कक्षा १० का विद्यार्थीलाई फुलमाला र एकएक वटा डायरीका साथ स्वागत र सम्मान गरि बिदाइ गरिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.