नेकपाको चियापान : कम्युनिष्टहरु फुटिरहन्छन् भन्ने विरोधी शक्ति अहिले अताल्लिएका छन् -अर्याल

लोकेन्द्र निरासी, २०७५ कात्तिक २० । शुभदीपावली २०७५ को अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ढोरपाटन संयन्त्र समितिको आयोजनामा आज बुर्तिबाङमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तुल्सीराम अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि अर्यालले देश विकास र समृद्धिको महत्वपूर्ण जिम्मेवारी अहिले आफ्नो पार्टीको काँधमा आएको भन्दै पार्टी अब एक ढिक्का भएर अगाडी बढ्ने बताए । उनले कम्युनिष्टहरु फुटिरहन्छन् भन्ने विरोधी शक्तिहरु अहिले अताल्लिएको बताउँदै अब कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै अगाडी बढ्ने बताए ।

कार्यक्रमकै अवसरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ढोरपाटनको पार्टी सम्पर्क कार्यालयको समेत रिबन काटेर उद्घाटन गरिएको छ । कार्यालय उद्घाटनसंगै वडा नं. १, २ र ३ नं. को पार्टी संयन्त्रको समेत घोषणा गरिएको छ । जसअन्तरगत वडा नं. १ मा गोकुल शेरचन, भीम विश्वकर्मा, खगिसरा पाण्डे, लाल बहादुर घर्ती, राम प्रसाद आचार्य र हेम प्रसाद वि.क. रहनु भएको छ भने वडा २ मा बालसम कुँवर, आत्मराम चालिसे, सुमन आले, फारम कुँवर, राम बहादुर सार्की र कृष्ण खनाल रहनुभएको छ । त्यसैगरी वडा नं.३ मा बालकृष्ण घर्ती मगर, बेलकुमारी छन्त्याल, गोविन्द वि.क. लोक बहादुर वि.क., धन बहादुर कार्की र राजेन्द्र पुन रहेका छन् ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ढोरपाटन संयन्त्रका सदस्य टंक प्रसाद पौडेल, चन्द्रलाल अर्याल, दधिराम शर्मा, नेकपाका जेष्ठ सदस्य दल बहादुर घर्ती, नेपाली काँग्रेशका चन्द्र गौतम, नेकपा क्रान्तिकारी माओवादीका गुन्ज बहादुर भण्डारी, एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख नन्दराम भुसाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा विभिन्न संघ संस्था, पार्टी कार्यकर्ता, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा शुभदीपावली तथा छठपर्वको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ढोरपाटन नगर संयन्त्रका सदस्य लक्ष्मण पुनको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन केशर छन्त्यालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *