NYC को बार्षिकोत्सवको औपचारिक उद्घाटन : ताराखोलालाई नमुना बनाउन पहल गर्छु – सागर

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ कात्तिक २० । नव शृजना युवा क्लबको १५ बार्षिक उत्सवको औपचारिक उद्घाटन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पछी बोल्दै गण्डकी प्रदेशकम सांसद चन्द्रबहादुर बुढा मगर सागरले अव ताराखोलालाई नमुना बनाउनका लागि प्रदेशबाट जुनकुनै पहल गर्न आफु निरन्तर लागी रहने बताए । देश निर्माणमा युवाहरु क्लब मार्फत एकता भएर लाग्नु पर्ने कुरामा ३ तहका सरकार लागिपरिराखेको बताए । तर सरकारका काम संचालनमा कर्मचारीहरुको पुरानै मानसिकता रहेकोले केहि समस्या भएको उनको भनाई थियो । उनले अहिले समृद्ध नेपाल सुखी नेपाली अभियानमा रहेकोले जनताहरु निराश नभई उत्साहित हुनको लागी आग्रह गरे ।

कार्यक्रममा ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले ताराखोला गाउपालिकालाई नमुना बनाउने बताए।, नेकपाको तर्फबाट धनबहादुर विक हिमालले ताराखोलामा निर्माणधीन जलविद्युत चाडै सम्पन्न गरिने बताए ।

सम्मानित व्यक्तिहरुको तर्फबाट भविकला घर्ती कार्यक्रममा ताराखोला गाउपालिकामै रहेर विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउन विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । जस अन्नतरगत शिक्षा क्षेत्रमा जन प्रेम माध्यमिक विद्यालयका प्रधानाध्यापक नईन्द्र गुरुङ, समाज सेवा अन्तरगत वडान ४ का नरेश केसी, संचार क्षेत्रमा खगेन्द्र विश्वकर्मा , खेलकुदमा वडा ३ का विष्णु खत्री , महिला अगुवा अन्तरगत वडा २ की भविकला रोका घर्ती, व्यावसायी अन्तरगत ओम प्रकाश अग्रेजा, कृषि क्षेत्रमा वडा न १ प्रेम प्रसाद कडेललाई प्रशंसा पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो । सम्मानित हुनेमा जेष्ठ प्रष्तबहादुर घर्ती,झनि रोका,थली थापा मगर, लालमती घर्ती, जसिमा घर्ती , नागरिक ए प्लास्टिक एनिमिया रोगका उपचार गराईराखेका नरेन्द्र घर्ती बचाउ अभियानको दोस्रो चरणको रकम ३६ हजार रकमको चेक हस्तान्तरण नरेन्द्र घर्तीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा कलाकार थानेश्वर गौतम, फुलमाया केसी लगाएतको सांगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष पूर्णभद्र निउरेको अध्यक्षता व्दित्तिय उपाध्यक्ष मनबहादुर रोकाको स्वागत र प्रथम उपाध्यक्ष धनबहादुर घर्तीको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पुरुष भलिवल सेमिफाइनल ,महिला भलिवल, भाग्यशाली चिट्ठा धनुषवाण लगायतकम अन्य कार्यक्रमहरु संचालन भै राखेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *