सार्वजनिक सुनुवाईमा बक्ताहरुले गिनाए, नगरपालिकाले कुन-कुन काम सुधार्नु पर्छ !

बागलुङ २०७३ फागुन २७ । बागलुङ नगरपालिका कार्यालयले प्रदान गर्ने सेवा सुविधाहरु गुणस्तरीय र प्रभावकारी हुनुपर्ने नगरबासीले जोड दिएका छन । बागलुङ नगरपालिका कार्यालयको आयोजना र दिपज्योति यूवा क्वल बागलुङको सहजिकरणमा बानपा ७ कालिमाटीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियले विकास निमार्ण देखि कार्यालयले प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित गर्नुपर्ने जोड दिएका हुन ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियले नगरभित्र विकासले फड्को मार्न नसकेको, खानेपानी व्यवस्थित हुन नसकेको, पहुचवालाको प्रभाव बढेको, योजना छनोट प्राथमिकताका आधारमा हुन नसकेको र कार्यालयले प्रदान गर्ने सेवा छिटो छरितो एवं प्रभावकारी हुन नसकेको गुनासो व्यक्त गरेका छन ।

बानपा ७ कालिमाटीका स्थानियलाई लक्षित गरि गरिएको सार्वजनिक सुनुवाईमा सहभागीले चक्रपथलाई व्यवस्थित गरि सडक नियमित संचालनमा चासो देखाउनुपर्ने बताएका छन । उनिहरुले बिद्युतका पोल जडान गर्दा स्थानियबाट शुल्क लिने गरेकोको गुनासो व्यक्त गरेका थिए ।

नगरपालिबाट प्रदान गरिने बिजुलीका पोल जडान गरे बापत बिद्युत्त कार्यालयका कर्मचारीले दुई हजार देखि दुई हजार पाच सय सम्म लिने गरेका छने,स्थानिय लालबहादुर गौतमले भने निशुल्क भन्ने गरिपनि रकम उठाउने गरिएको छ । स्थानियले यस बिषयमा सम्बन्धि निकायले चासो देखाउनुपर्ने बताए ।

कार्यक्रममा नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रमेश ढकालले नगरबासीको मागलाई क्रमश सम्बोधन गर्दै जाने र यसका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले सबैको सहयोग र सदभाव भएमा बागलुङ नगरपालिका देशको एक नमुनाको रुपमा विकास हुने बताउदै सेवालाई प्रभावकारी बनाउन आफु कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नको जवाफ दिंदै बागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुबेदीले स्थानियको गुनासो जायज भएकोले आगामी दिनमा थप व्यवस्थित र दिगो बनाउदै लैजाने बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुको उदेश्यमाथि योजना तथा प्रशासकिय अधिकृत सुबेदीले प्रष्ट पार्नुभएको थियो । बानपा ७ का सचिव हिराबहादुर क्षेत्रीको अध्यक्षता र पत्रकार प्रदिप पन्तको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

आज सार्वजनिक गरिएको स्थानीय तहको पुनर्संरचना अनुसार बागलुङ नगरपालिकामा हालको सबै र मालिका, भकुण्डे, सिगाना, तित्याङ, रायडाँडा, अमलाचौर, पैयुँपाटा र नारायण स्थान समोवश गरी १४ वडा कायम गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.