सामुदायिक सेवा केन्द्रको दीपावली, छठ एवं नेपाल सम्वतको शुभकामना : नखेल जुवा र तास ….!

बागलुङ २०७५ कात्तिक २० । शुभदीपावली, नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा रामरेखाको संयुक्त आयोजनामा आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दीपावली, नेपाल सम्वत र छठ पर्वको हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वका अवसरमा हुन सक्ने असामाजिक गतिविधी प्रति सचेत गराए ।

सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङव्दारा जारी गरिएको विज्ञप्तीका विषयमा जानकारी गराउने सन्दर्भमा प्रजिअ खरेलले ‘नखेल जुवा र तास धनको नास जीवनको बनबास ….’ भन्ने चलन चल्तीको एक गीत स्मरण गरेका थिए ।


सो कार्यक्रममा विशिष्ठ अतिथीको आसनबाट नगर प्रमुख जनक राज पौडेल तथा बानपा १ का वडाध्यक्ष दुर्गा बहादुर बोहराले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

केन्द्रका अध्यक्ष दुर्गाबहादुर आचार्यको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा स्वागत मन्तव्य केन्द्रका बरिष्ठ उपाध्यक्ष सम्भु आचार्यले स्वागत मन्तव्य तथा केन्द्रकी सचिव लक्ष्मी बोहराले कार्यक्रम सन्चालन गरेकी थिईन् ।

सोही अवसरमा केन्द्रलाई सहयोग गदै आएका समाजसेवी लक्ष्मणश्रीलाई केन्द्रका तर्फबाट सम्मानित गरिएको समाजसेवी राजेन्द्र आचार्यले ईबागलुङलाई बताए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *