आजको तस्वीर : गल्कोटबासीमा प्याराग्लाईडिङ मोह !

थम्मन थापा सन्देश, गल्कोट २०७५ कात्तिक २० । प्रथम गल्कोट महोत्सवका अवसरमा गल्कोट आएका प्याराग्लाईडिङ पाईलट द्वय दुर्योधन खडका र निरन्जन कुवरले गल्कोट नगरपालिका ७ को राम्चेढुङगाबाट उडान भरी वडा नं ९ को बाँसखोलामा अवतरण गरेर सफल परीक्षण सम्पन्न गरेका छन् ।

प्यारागलाईडिङ उडान पूर्व विधिवत रुपमा पूजा आजा सॅगै पाईलट र सहभागीहरुलाई फुल माला अविर लगाई भव्य स्वागत गरिएको थियो । प्यारागलाईडिङको परिक्षण उडान सफल भएपछि वडा नं ९ को कार्यालयमा वडा अध्यक्ष तेज बहादुर थापा सहित स्थानियले पाईलट व्दय एवं उडानमा सहभागी चर्चित मोडल तथा गायक दुर्गेश थापा र घुम्टे युवा परिवारका उपाध्यक्ष एवं चर्चित भलिबल खेलाडी जीवन साहानी लाई भव्य स्वागत सहित बधाई ज्ञापन गरेका थिए ।

प्यारागलाईडिङ उडान भर्न गल्कोट नगरपालिका वडा नं ७ को वडा कार्यालय र राम्चेढुङगा पर्यटन विकास केन्द्रले व्यवस्थापन गरेको थियो । बधाई ज्ञापन कार्यक्रम गल्कोट नगरपालिका ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाको अध्यक्षता सदस्य लोक बहादुर थापाको स्वागत र सचिव महेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

गल्कोट महोत्सव सम्पन्न भएपनि प्याराग्लाईडिङ प्रतिको मोह गल्कोटबासीमा बाँकी नै छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *