ढोनपा ४ मा नेकपाको वडा संयन्त्र गठन : आज नगर प्रमुखको निवासमा चियापान !

खेमराज अर्याल, बुर्तिबाङ २०७५ कात्तिक २० । नेपाल कम्निष्ट पार्टी (नेकपा) ढोरपाटन नगरपालिका वडा नम्बर ४ को पार्टी सञ्चालन वडा संयन्त्र गठन भएको छ । नेकपाका नेता कार्यकर्ताको भेलाले ६ सदस्यीय वडा संयन्त्र गठन गरेको हो । संयन्त्रमा दिल बहादुर छन्त्याल, यमकान्त गैरे दीर्घलाल गैरे, टेक वहादुर विक, निरुता घर्ती, हर्क बहादुर सिर्पाली रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका नेता तुल्सिराम अर्यालले देश अव विकास र समृद्धिको एजेण्डामा अघि बढेको बताउदै सबै कम्युनिष्टहरु एक ढिक्का हुन आवश्यक रहेको बताए । नेकपा एमाले र माओवादी एकतावद्ध भइसकेको र अन्य कम्युनिष्ट पार्टी पनि नेकपामा समाहित भइ समृद्धिको बाटोमा उन्मुख हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका उपप्रमुख करमति पुन नेकपा ढोनपा संयन्त्र सदस्य टंक प्रसाद पौडेल चन्द्रलाल अर्याल केशर छन्त्याल बल बहादुर सिर्पाली यमकान्त गैरे गणेश कुमार थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा शुभदीपावली तथा छठपर्वको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।

ढोरपाटन नगरपालिका ४ वडा संयन्त्र सदस्य हर्क सिर्पालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दीर्घलाल गैरेले गरेका थिए ।

यसैवीच कात्तिक २० गते मंगलबार नेकपा ढोरपाटन नगरपालिका पार्टी कार्यलय उद्घाटन गरिने कार्यक्रम रहेको नगर संयन्त्र सदस्य चन्द्रलाल अर्यालले ईबागलुङलाई जानकारी दिए । मंगलबार नै नगरप्रमुख देवकुमार नेपालीको निवासमा वडा नम्बर १,२ र ३ को संयुक्त चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको अर्यालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *