प्रथम बमकाजी फुटसलको उपाधिको मानवसेवा आश्रमलाई

बागलुङ २०७५ कात्तिक १९ । बागलुङमा संचालन भै रहेको प्रथम बमकाजी फुटसल प्रतियोगिताको उपाधिका मानव सेवा आश्रम बागलुङ जितेको छ । सोमबार भएको फाईनल खेलामा आयोजक रसआवर फुटसल प्रालि लाई मानव सेवा आश्रम ५ गोल हानेर उपाधि जित्न सफल भएको छ । त्यसै गरी फुटसले ४ गोलमा नै व्दितिय स्थानमा चित्त बुझाउन परेको छ ।

बिजयी समुहलाई रसआवर फुटसल प्रालिका अध्यक्ष राजेश श्रेष्ठ र बा.न.पा ३ का वडा सदस्य रोशन खड्काले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगितामा प्रथम हुने समुहलाई खसी र कप, द्धितिय हुने समुहलाई खसी र ट्रफिको व्यवस्था गरिएको छ । खेलमा जिल्लाका विभिन्न स्थानबाट १५ समुहको सहभागिता रहेको रसआवर फुटसल प्रालिका संचालक राजु केसीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *