नगरप्रमुख नेपालीले आफ्नै खर्चमा तत्काल बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स खरिद गरिदिने उद्घोष !

झरना कँडेल, बुर्तिवाङ २०७५ कात्तिक १९ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीले बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् ।

आज एक बैठकका अबसरमा जनताको स्वास्थ्यलाई ध्यानमा राखी नगरप्रमुख नेपालीले बुर्तिबाङ प्राथामिक केन्द्रको नाममा आफ्नो ब्यक्तीगत खर्चले तुरुन्तै एक वटा एम्बुलेन्स खरीद गरीदिने घोषणा गरेका हुन् ।

बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्र सञ्चालक समितीका अध्यक्ष चित्र बहादुर भण्डारीको अध्यक्षता ढोरपाटन नगरपालिकाका प्रमुख तथा बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रका संरक्षक देबकुमार नेपाली, प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल समितीका उपाध्यक्ष दधीराम शर्मा सदस्य चिन्तामणी शर्मा सदस्य सीता कंडेल, डा . मिलन मल्ल, स्टाप नर्सं पार्बती अर्याल लगायतको बिशेष उपस्थितीमा बसेको बैठकले भुक्तानी गर्न बाकी रहेको सुत्केरी भत्ता भुक्तानी गर्ने , अपरेशनको कक्षका लागि कार्यलय सहयोगी र पहिले स्वास्थ्यकेन्द्रमा रहेको एम्बुलेन्सको चालकको लागि बिज्ञापन गर्ने लगायतका निर्णय भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *