भलिबल प्रतियोगिताको उपाधी मनसुन रेष्टुरेण्ट एण्ड बार हटियाको पोल्टामा

गुमानसिँह भण्डारी, गल्कोट २०७५ कात्तिक १९ । उद्योग बाणिज्य संघ गल्कोटले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी मनसुन रेष्टुरेण्ट एण्ड बार हटियाले जितेको छ ।

सिमखेत खेल मैदानमा सम्पन्न खुल्ला राष्ट्रिय पुरुष भलिबल तर्फको फाईनल खेलमा गल्कोट मोडनाईज एकेडेमिलाई २५–२२, २५–१८, २५–१६ को साझो सेटले पराजित गर्दै मनसुन रेष्टुरेण्ट एण्ड बार हटियाले उपाधी जितेको हो ।

प्रथम स्थान हासिल गर्दै मनसुनले नगद रु १ लाख ११ हजार हात पारेको छ भने उपबिजेता मोडनाईजले ६६ हजारमा चित्त बुझाएको छ ।
फाईलन खेल हिजो सम्पन्न गर्ने भनिएपनि दुवै समुहले दुई, दुई सेट जितेपछि अन्तिम सेटका लागी समय अभाव भएपछि खेल रोकिएको थियो । आईतबार भएको खेल निकै प्रतिष्पर्धा भएपनि आज भने खेल प्रतिष्पर्धा नदेखिएको दर्शकहरुको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *