लक्ष्मी पुजाको दिन पर्वतका दुई श्रष्टाहरुको कृति विमोचन हुँदै !

निर्मल पौडेल पर्वत २०७५ कात्तिक १९ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औँ लक्ष्मी जयन्तीको शुभअवसरमा वरिष्ठ साहित्यकार इन्द्रकुमार विकल्प र कवी सरोज पन्त व्दारा रचित मुक्तक र कविता संग्रहको विमोचन हुने भएको छ ।

नेपाली भाषा साहित्य कला र संस्कृतिको जर्गेना गरौँ भन्ने मुल नाराका साथ स्थापित पर्वत साहित्य संगम कुस्मा पर्वतको आयोजनामा लक्ष्मी पुजाको दिन कृतिहरुको विमोचन हुने भएको हो ।

लामो समय देखी नेपाली भाषा र साहित्यको क्षेत्रमा उल्लेख्य योगदान पुराएका विकल्पको मुक्तक संग्रह मनका रङ्गहरु र सरोज पन्तको कविता सङ्ग्रह सर्मपण को विमोचन हुने पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिए । मुक्तक संग्रह पुरानो आयम भन्दा विल्कुल फरक रहेको साहित्यकार विकल्पको भनाई छ ।

कार्यक्रम पर्वत जेसिसको सभाहलमा विहान ७ः३० वजे हुने आयोजकले वताएको छ । कार्यक्रममा शुभ दिपावलीको शुभकामना आदानप्रदान श्रष्ठा भेटघाट तथा रचना वाचन गिरने कार्यक्रम रहेको छ । पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष समेत रहेका विकल्पका विभिन्न विधाका दर्जनौ कृतिहरु लोकपृय रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *