शुभेक्षा एफएम, कुस्मीसेराले कात्तिक २० गते प्रथम वार्षिकोत्सव मनाउदै !

कुस्मीसेरा, (जैमिनी) २०७५ कात्तिक १९ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका कुस्मीसेरा स्थित शुभेक्षा एफएम ले आफ्नो प्रथम बार्षिकोत्सव बिविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

शुभेक्षा मिडिया प्रा.लि. व्दारा सञ्चालित तथा बागलुङ जिल्लाको दक्षिणीभेग जैमिनी नगरपालिका- १ कुस्मिसेराबाट प्रशारित शुभेक्षा एफ एम ९६.६ मेगाहजकोे यही कात्तिक २० गते प्रथम बार्षिकोत्सव मनाइने स्टेशन म्यानेजर सन्ध्या आचार्यले ईबागलुङलाई बताईन् ।

बार्षिकोत्सवको अवसरमा नियमित विज्ञापनदाता, असल विज्ञापनदाता, नियमित श्रोता तथा विभिन्न व्यक्तित्वहरुलाई प्रशंसा, सम्मान तथा स्वागत गरिने एफ.एम का प्रवन्धक सुजन प्रेमीले बताए ।

कार्यक्रममा उपस्थितीका लागी सबैलाई आग्रह गरिएको प्रवन्धक प्रेमीको भनाइ छ । बिभिन्न आरोह अवरोहका बिच सञ्चालित एफ एम हाल १७ घण्टा प्रशारण भैरहेको छ ।

२०७४ साल कात्तिक २० गते आफ्नो परीक्षण प्रशारण आरम्भ गरेको एफ एम २०७५ साल बैशाख २४ गते नियमित प्रशारणमा आएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *