प्रथम बमकाजी फुटसलको उपाधिको लागी आयोजक र मानवसेवा आश्रम भिडने

बागलुङ २०७५ कात्तिक १८ । बागलुङमा संचालन भै रहेको प्रथम बमकाजी फुटसल प्रतियोगिताको उपाधिका लागी आयोजक रसआवर फुटसल प्रालि र मानव सेवा आश्रम बागलुङ भिडने भएका छन । आईतबार भएको खेलमा मानव सेवा आश्रमले राप्रपा विद्यार्थी संगठन रातोलाई ४–० ले हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

त्यसै गरी रसआवर फुटसल प्रालिले गोगल्स टेलरिङ सेन्टर बागलुङलाई १०–५ गोलले हराउँदै फाईनलमा प्रवेश गरेको छ । रसआवर फुटसल प्रालिको आयोजनामा शुक्रबार देखी प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताको फाईनल खेल सोमबार बिहान हुने आयोजक संस्थाका संचालक राजु केसीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समुहलाई खसी र कप, द्धितिय हुने समुहलाई खसी र ट्रफिको व्यवस्था गरिएको छ । खेलमा जिल्लाका विभिन्न स्थानबाट १५ समुहको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *