सहकारीले सदस्यलाई उद्यमशिलतासंगै वित्तिय साक्षरता दिनु पर्छ – जि.सी.

पर्वत, २०७५ कात्तिक १८ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई उद्यमशिलसंगै वित्तीय रुपमा सचेत बनाउन ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।

सञ्जिवनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मोदी गाउँपालिका वडा नं. २ पातिचौर पर्वतको दशौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताएका हुन ।

सबै सहकारीहरुले आफ्ना सदस्यहरुलाई उत्पादन लगायतका क्षेत्रमा लाग्न प्रेरित गरी उद्यमशिल बनाउने र उनीहरुले आर्जन गरेको पूँजिलाई सही रुपमा परिचालनका लागि वित्तिय साक्षरता प्रदान गर्नु पर्नेमा उनको जोड थियो ।

राज्यले सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भका रुपमा लिएकोले सहकारी क्षेत्रको योगदान बढाउन सदस्यहरुलाई आर्थिक रुपमा सक्षम, सामाजिक रुपमा सचेत बनाई राष्ट्र निर्माणको हरेक अभियानमा सहकारीको योगदान बढाउनु पर्ने बताए ।

कार्यक्रममा मोदी गाउँपालिका वडा नं. २ का अध्यक्ष विकास तिमिल्सिना, संस्थाका पूर्व अध्यक्ष हरिप्रसाद शर्मा सुवेदी, जनजागृति क्याम्पस तिलाहरका प्रमुख रुचिला सापकोटा, राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयका शेखरराज शर्मा, संस्थाका संस्थापक सचिव भीमप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष बाबुराम तिमिल्सिनाले प्रगति प्रतिवेदन, उपाध्यक्ष शान्ति पौडेलले संस्थाको अवस्था र कोषाध्यक्ष टिकाराम पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्षहरु हरिप्रसाद शर्मा सुवेदी र सागर जि.सी., जेष्ठ नागरिकहरु जगन्नाथ शर्मा, तुलसी पाध्या, गौमती पाध्या र धनबहादुर अखेली, एकल महिलाहरु दमयन्ती शर्मा, भीमकुमारी ढकाल, मात्राकुमारी शर्मा, सुशिला मल्ल र देउमाया पुनलाई प्रमुख अतिथि जिसीले सम्मान गरेका थिए । यस्तै शेयर सदस्यहरुका छोराछोरी मध्ये उत्कृष्ट साजना पौडेल र स्वप्निल शर्मालाई पनि सम्मान गरिएको थियो ।
साधारणसभा संस्थाका अध्यक्ष बाबुराम तिमिल्सिनाको अध्यक्षता, पूर्व अध्यक्ष सागर जिसीको सञ्चालन र लेखा समितिका संयोजक तारापति तिमिल्सिनाको स्वागतमा सम्पन्न भएको थियो ।

साधारणसभाले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन पारित गर्नुका साथै सदस्यता विस्तार, बहुउद्देश्यीय अनुरुपका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सहितको योजना पारित गरेको पूर्व अध्यक्ष सागर जिसीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *