स्वास्थ्य चौकीमा पुराई नसक्दै कान्छी सन्तानको जन्म स्ट्रेचरमा

प्रेम सुनार, गुल्मी २०७५ कात्तिक १८ । गुल्मीको विकट गाउँ अर्खबाङ्गमा सुत्केरी ब्याथा लागेर सुत्केरी गराउन स्वास्थ्य चौकी तर्फ लैजाँदै गरेकी एक महिला बाटैमा त्यो पनि श्रीमान कै काँधमा सुत्केरी भएकी छन । मालिका गाउँपालिका वडा नम्वर ४ , साविक अर्खबाङ्गको काभ्रे निवासी २८ बर्षिया निरा घर्ति मगर त्यसरी सुत्केरी भएकी हुन ।

मोटर बाटो सुविधा नपुगेको काभ्रे गाउँबाट उनका श्रीमान यमबहादुर घर्ति मगर सहित चार जनाले स्टेचरमा बोकेर माथी अर्खबाङ्ग ठुलाचौरको स्वास्थ्य चौकीमा रहेको वर्थिङ्ग सेन्टरमा ल्याउँदै थियौं उनका श्रीमानले भने घरबाट हिडालेको १० मिनेट नहुँदै माथी ढाँडा आउँदै गर्दा माथी स्टेचर मै श्रीमती सुत्केरी भईन ।’

उनका अनुसार १४ बर्षको उमेरमा पहिलो सन्तान श्रीमती निराले छोरी जन्माएकी थिईन । उनि अहिले अहिले १६ बर्षकी भईन । दोश्रो सन्तान छोरा जन्मेका छन भने अहिले तेश्रो सन्तानका रुपमा स्टेचरमा छोरी जन्मेकी छन ।

बाटैमा उनको जन्म भए पनि सुत्केरीको अवस्थालाई ध्यानमा राखी उनलाई स्टेचर मै राखेर स्वास्थ्य चौकीमा ल्याईएको थियो । नवजात शिशुलाई उनकी दिदीले काँखमा बोकेर उकालो लाग्दै थिईन ।

उनिहरु आएको थाह पाउन साथ मालिका गाउँपालिका प्रमुखले तत्काल स्वास्थ्यकर्मीलाई सक्रिय बनाएर उनको स्वास्थ्य उपचार गराएका थिए । उनि स्टेचर मै सुत्केरी भएको थाह पाए पछि अब छिट्टै त्यहाँ मोटरबाटो पुराउन एक कार्यक्रममा त्यहाँ पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले गाउँपालिकालाई निर्देशन दिएका थिए ।

मालिका गाउँपालिका जिल्लाको सबै भन्दा विकट गाउँपालिका मानिन्छ । त्यहाँको दर्लिङ्ग दुनाम गाउँमा अझै मोटरबाटो पुग्न सकेको छैन । लिलिङ्ग गाउँ सहित त्यहाँका केहि गाउँका सेवाग्राहीहरु आठ घण्टा सम्मको बाटो हिडेर गाउँपालिका कार्यालय अर्खबाङ्ग ठुलाचौरमा सेवा लिन आउने गर्दछन । मन्त्री बिष्टले त्यहाँ देखि ठुलाचौर सम्मको मोटरबाटो खन्ने र स्तर बृद्धि गर्ने जिम्मेवारी केन्द्र सरकारले लिने बताउँदै थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *