नून चीनीको सुपथ मुल्य पसल उद्घाटन : उपभोक्ताहरुलाई राहत मिल्ने प्रजिअ खरेलको विश्वास

कुसुम थिङ, बागलुङ २०७५ कात्तिक १८ । दशैँ तिहार लगायतका चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङले दशैँ अगावै सदरमुकाम बागलुङ बजारका उपभोक्ताहरुलाई लक्षित गरी सन्चालन गर्दै आएको नून चीनीको सुपथ मुल्य पसलको तिहारको पाँच दिन पहिले आज उद्घाटन गरिएको छ ।

साल्ट ट्रेडिङले दशैँ अगावै २०७५ साल असोज २१ गते नै नून चीनीको सुपथ मुल्य पसल सन्चालनमा ल्याएको भएतापनि सरकारले चीनीको मुल्य कायम नगरेका कारण नून मात्रै विक्री वितरण गर्दै आएको थियो । चीनी बिक्री गर्न सुरु गरेपछी नै सुपथ मुल्यको पसलको उद्घाटन गर्ने भनिएपछी उद्घाटन गरिएको थिएन ।

नेपालीहरुको महान चाड विजय दशमीमा उपभोक्ताहरुले सस्तो मुल्यको चीनी नपाएर ८०।८५ रुपयाँ प्रति केजी सम्म मुल्य तिरेर दशैँ मनाएका थिए । चीनीको मुल्य प्रति केजी रु ६८ कायम गरेपछी प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले आज नून चीनीको सुपथ मुल्य पसलको एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् ।

सुपथ मुल्यको पसलबाट आज देखी चीनी बिक्री वितरण सुरु गरिएपछी उपभोक्ताहरुको ठुलै लाम लागेको साल्ट ट्रेडिङ प्रमुख मनोज श्रेष्ठले जानकारी दिए । ।

कार्यक्रममा प्रमुख अतिथी प्रजिअ खरेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मी, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, बाउबासंघका अध्यक्ष जयाराम भारी लगायतले एक जना उपभोक्तालाई ६ केजी चीनी र ३ केजी नून वितरण गरेर पसलको शुभारम्भ गरेका थिए । कार्यक्रमको सन्चालन राजन्द्र आचार्यले गरेका थिए ।

गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङले सन्चालन गरेको सुपथ मुल्यको पसलबाट चीनी र नून गरी झण्डै रु १ करोडको बिक्री गरेको थियो ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *