बागलुङबाट लगिएको ३७ किलो चरेस बुटवलमा बरामद, बागलुङका घर्ती सँगै ३ पक्राउ !

बिमल खड्का, बागलुङ २०७५ कात्तिक १८ । बुटवलमा गएराति लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । रुपन्देही प्रहरीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङ निसीखोला गापा–९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका–२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँची पाणिनी गाउँपालिका–५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी रहेका छन् । रास्कोटी सोही वडाका वडा सदस्य रहेको प्रहरीले जनाएको छ ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । लागुऔषध चरेस बागलुङबाट भारत निर्यात गर्नका लागि ल्याइएको र पक्राउ परेका सबै लागुऔषध कारोबारी हुनसक्ने प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । प्रहरीका अनुसार चरेस नेपाली मूल्यमा करीव १८ लाख बराबरको रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *