गल्कोट उपत्यका प्याराग्लाईडिङमय बन्दै, जताततै संभाव्यता अध्ययन र उडानको लहर !

थम्मन थापा, गल्कोेट २०७५ कात्तिक १८ । गल्कोट नगरपालिका पछिल्लो समय व्याराग्लाईडिङ मय बनेको छ । गल्कोट महोत्सवमा प्रदर्शनका लागि ल्याईएको प्याराग्लाईडिङ अहिले गल्कोट नगरपालिकाका विभिन्न वडाहरुमा उत्साही युवाहरुले संभाव्यता अध्ययन तथा परीक्षण उडान पछी स्वयं प्याराग्लाईडिङ गर्नेहरुको लाम नै लागेको छ ।

यसै सिलसिलामा नगरपालिकाको वडा नं ७ मल्ममा प्यारागलाईडिङको शनिवार सम्भाव्यता अध्ययन गरिएको छ । पर्यकटकीय स्थल राम्चेढुङगामा उक्त कार्यको शनिवार प्यारागलाईडिङ पाईलट दुर्योधन खडका र निरन्जन कुँवरको उपस्थितीमा स्थलगत सम्भाव्यता अध्ययन गरिएको वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । पर्यटकीय सम्भावना बोकेको राम्चे ढुङगामा प्यारागलाईडिङ उडान गर्न केहि पुर्वाधार तयार गरेपछि भविष्यमा व्यावसायिक रुपमा उडान गर्न सकिने पाईलट दुर्योधन खडकाले बताए ।

खडकाले भने हावाको बेग पनि यहाँ उत्तम रहेछ, प्यारागलाईडिङ टेक ओभर गर्न र उडिसकेपछि तल फाँटमा ल्याण्ड गर्न पनि सहज रहेछ । समुन्द्री सतह देखि १ हजार ८ सय ८३ फिटको उचाईमा अवस्थित उक्त स्थानबाट गल्कोट क्षेत्रका अधिकांश स्थानहरु, रमणीय दृश्य सॅगै मनोरम हिम श्रृङखलाका दृश्यहरु सजिलै देख्न सकिन्छ । शनिवारको सम्भाव्यता अध्ययन सॅगै आज बिहान त्यहाँबाट प्यारागलाईडिङ उडान गर्ने कार्यक्रम तय गरिएको जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादर थापाले बताए । आज बिहान प्यारागलाईडिङ उडान गर्नको निमित्त राम्चे ढुङगा पर्यटन विकास केन्द्रले व्यवस्थापन गर्ने केन्द्रका अध्यक्ष विष्णु थापाले जानकारी दिए ।

उद्योग वाणिज्य संघ गल्कोट ईकाईद्वारा आयोजित प्रथम गलकोट महोत्सवको अवसरमा गलकोटमा प्यारागलाईडिङ आकर्षकको रुपमा राखिएको छ । यस अघि गलकोट नगरपालिका वडा नं ५ को सर्दाखेत, वडा नं २ को नरेठाँटी सेतीघडेरीबाट प्यारागलाईडिङको सफल परिक्षण सम्पन्न भएको छ । यता गल्कोट नगरपालिका ४ को पर्यटकीय स्थल निलुवामा समेत शनिवार बिहान यसको सम्भाव्यता अध्ययन गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *