अपांगता भएका व्यक्तिहरुको नगरपालिका स्तरिय सञ्जाल गठन,अध्यक्षमा छन्त्याल चयन !

टिकाराम भट्टराई, बुर्तिबाङ, २०७५ कात्तिक १७ । ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा अपांगता भएका व्यक्तिहरुको ढोरपाटन नगरपालिका स्तरिय सञ्जाल गठन एवंम अन्तरक्रिया कार्यक्रम सम्पन्र्न भएको छ ।

अपांगता भएका व्यक्तिहरुको जिल्ला संजाल बागलुङको आयोजना तथा ढोरपाटन नगरपालिको सहयोगमा “दिगो विकासका लागि लोकतान्त्रिक लक्ष्य सुनिश्चित गरौ, हामीले चाहेको भविष्य” भन्ने मुल नाराका साथ ढोरपाटन नगरपालिका स्तरिय सञ्जाल गठन एवंम अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले दीप प्रज्वल गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै पोखरेलले विभिन्न कारणले अपाङ्घता भएका व्यक्तिहरुलाई पहिलेको समाज र अहिलेको समाजले हेर्ने प्रबृत्तिमा फरक रहेको बताउदै आफु र ढोरपाटन नगरपालिकाले सक्दो सहयोग गर्ने समेत बताए । उक्त कार्यक्रमको निम्ति ढोरपाटन नगरपालिकाको तर्फबाट रु २० हजार सहयोग गर्ने समेत उद्घोष गरेका थिए । यस वर्ष ढोरपाटन नगरपालिकाले लक्षित कार्यक्रमहरु अन्तरगत महिला, दलित, आदीबासी जनजाति,जेष्ठ नागरिक, अपाङ्घता भएका व्यक्ति र सामाजिक सचेतनाको निम्ति सात शिर्षकहरुमा रु ४० लाख बजेट छुट्याएको पोखरेलले बताएका थिए ।

जिल्ला सचिब होमनाथ शर्मा अध्यक्षता रहेको उक्त कार्यक्रममा ढोरपाटन नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, वडा नम्बर ८ का वडा अध्यक्ष नन्दे सुनार,ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख ओम प्रकाश यादब, अपाङ्घता सघं पूर्व जिल्ला अध्यक्ष चुडा बहादुर कुवंर,अपाङ्घता सघं काठेखोलाका अध्यक्ष गगुपति कडेंल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा जन प्रतिनिधि,यस क्षेत्र आसपासका विभिन्न कारणले अपाङ्घता भएका व्यक्तिहरु,पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन झईन्द्र प्रसाद शर्माले गरेका थिए ।

ढोरपाटन नगरपालिका स्तरिय सञ्जालको ११ सदस्य रहने गरी नयाँ कार्यसमितिमा गठन गरिएको छ । जसको अध्यक्षमा पदमा पदम छन्त्याललाई चयन गरिएको छ ,उपाध्यक्षमा दालकुमारी कडेंल,सचिवमा चुडामणि भुसाल,सहसचिवमा झईन्द्र प्रसाद शर्मा,कोषाध्यक्षमा दालबहादुर अदै र सदस्यहरुमा तुलसिङ सिर्पाली,दर्शन कायत,अम्बर बहादुर पुन,हिरा बहादुर बि क,पारक सुनार र रैमति भण्डारी रहेका छन ।

यस्तै आजै बसेको नयाँ कार्यसमितिको बैठकले तत्कालै बैंकमा खाता खोल्ने,कार्यलय स्थापना गर्ने,रकम निकासा गर्ने र ढोरपाटन नगरपालिकाका प्रत्यक वडाहरुमा वडा समिति गठन गर्ने समेत निर्णय गरेको नव निर्वाचित अध्यक्ष पदम छन्त्यालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *