गल्कोट महोत्सव : सिने जगतका महानायक राजेश हमाललाई हेर्न उर्लियो जनसागर !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ कात्तिक १७ । नेपाली सिने जगतका महानायक राजेश हमालको बोली सुनेसँगै गल्कोटका दर्शक खुसीले चिच्याएका छन । फिल्मको पर्दामा देखेका गल्कोटे दर्शकहरुले आज गल्कोटमा प्रत्यक्ष रुपमा राजेश हमाललाई देखेपछि कार्यक्रममा सहभागी सम्पुर्ण दर्शकहरु खुसीले चिच्चाए ।

बागलुङ उद्योग बाणिज्य संद्य गल्कोटले आयोजना गरेको प्रथम गल्कोट महोत्सवको ९ औ दिनको कार्यक्रममा महानायक हमाल सहभागी भएका हुन । गल्कोटमा राजेश हमाल आउने सन्देश पाएपछि घरको काम समेत छोडेर दर्शकहरु कार्यक्रममा सहभागी भएका थिए ।

महोत्सव सुरु भएपछिकै सबैभन्दा धेरै दर्शक आज देखिएको आयोजक संस्थाका बरिष्ठ उपाध्यक्ष ढालेन्द्रप्रसाद गौतमले ईबागलुङलाई बताए । बिहान देखिनै राजेश हमालको एक झलक पाउन दर्शकको प्रतिक्षाको घडी करिब साढे ४ बजे मेटिएको थियो ।

कार्यक्रममा सहभागी दर्शकहरुमध्ये अधिकांशको भनाई नै राजेश हमाललाई हेर्नका लागी आएको भन्ने थियो । आज महोत्सवमा करिब ९ हजार भन्दा बढि दर्शकहरु सहभागी भएको अनुमान आयोजकले गरेको छ ।

कार्यक्रममा हमालले ‘साथीहरुका लागि यो हात सलाम हो, दुश्मनका लागि यो हात फलाम हो, शंकर हो मेरो नाम शंकर’ । लगायतका संवाद बोलेर दर्शकहरुलाई उर्जाा दिएका थिए । हमालले आफु देश बिदेशमा बिभिन्न ठाउमा पुगेपनि गल्कोटमा भने पहिलो पटक आउने अवसर मिलेको भन्दै खुसी ब्यक्त गरे । उनले गल्कोट प्राकृतिक र सास्कृतिक रुपले अगाडि रहेको समेत उल्लेख गरे । सिने महानायक हमालसंग भेट गर्न पाउदा गल्कोटका दर्शकहरुले खुसी ब्यक्त गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *