तुरतुरे ताल अवलोकन गरी फर्कदा मोटरसाईकल दुर्घटना, श्रीमतीको मृत्यु श्रीमान गम्भीर !

रामप्रसाद घिमिरे, बागलुङ (बडीगाड) २०७५ कात्तिक १७ । गुल्मी भूवाचिदीबाट बडीगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा तुरतुरे देउरालीको पहिरो खसी बडीगाड खोला थुनिएर बनेको तुरतुरेको ताल अवलोकन गर्न गएका दम्पति मोटरसााईकल दुर्घटनामा परेका छन् ।

गुल्मी भूवाचिदी स्थित त्रिभुवन माबिका शिक्षक ध्रुव शर्मा (रिजाल)र उनकी श्रीमती मेनुका शर्मा (रिजाल) लु ६ प ८१३७ नंको मोटरसाईकलमा चढेर तुरतुरे ताल हेरेर फर्कने क्रममा बडीगाड २ सक्नेर नजिकै आकाशे पुल नेरबाट करीब १ सय मिटर तल बडीगाड खोलामा खसी श्रीमतीलाई बडीगाडले बगाएको र श्रीमान बडीगाड किनार गम्भीर अवस्थामा फेला परेको स्थानीयले जानकारी दिए ।

गम्भीर घाईते ध्रुब शर्मालाई एम्बुलेन्सबाट उपचारार्थ गुल्मी तिर लगिएको र उनकी श्रीमती मेनुका शर्मालाई बडीगाड खोलाले बगाएर खर्बाङ नजिकै खारपानीमा मृत अवस्थामा भेटिएको स्थानीयले जानकारी दिए ।

अपडेट: राति ८ बजे ।

सहकर्मी कमल पौडेलले खर्वाङबाट दिएको जानकारी अनुसार अहिले इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट इस्पेक्टर ओम प्रकाश यादवको टोलीले घटनास्थलको मुचुल्का तयार गरेपछि शवलाई गुल्मीको मजुवामा पोष्टमार्टमको लागि पठाइएको खर्वाङ प्रहरी चौकीका प्रनानी लाल वहादुर चौधरीले जानकारी दिए । परिवारमा वृद्ध बाबा आमा सहित एक छोरा र एक छोरी रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ। घटनाले त्रिभुवन मावि भुवाचिदी सहित वजार नै शोकमा डुवेको छ।

गम्भीर घाइते ध्रुव शर्मा (रिजाल)

कसरी भयो त घटना ?

तुरतुरे ताल हेरेर फर्किने क्रममा सक्न्यार आकाशेपुल नजिकै घुम्तिमा मोटरसाइकल नघुमी छेवैमा रहेको पोलमा ठोकिएको थियो । सो पोलमा मोटरसाइकल ठोकिएपछि मोटरसाइकलको पछाडी रहेकी मेनुका उछिट्िटयर बडीगाड खोलामा खसेकी थिईन र खोलाले वगाएको थियो । चालक श्रीमान् ध्रुव भने छेवैवाट धसारिँदै केहि तल अड्किएको अवस्थामा संगै पछाडी आएका साथीले उद्धार गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *