फरक फरक कित्तामा रहेका २ कम्युनिष्ट पार्टी बिच एकता हुनु सुखद पक्ष : नेता खनाल

देश निर्माणका लागि सबै बिच सद्भाव र सहकार्यको आवश्यकता- पौडेल

राष्ट्रिय मुद्दामा सबै एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा नेता शर्माको जोड !

कोपिला कंडेल,बागलुङ २०७५ कात्तिक १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्रको प्रबद्र्धन र बिकास मुलुकको पहिलो कार्यभार भएको बताएका छन । दीपावली लगायत आउदै गरेका बिभिन्न चाडपर्वका अवसरमा नेकपा बागलुङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको उद्घाटन गर्दै उनले अव सबै राजनीतिक शक्तिले संयुक्त रुपमा ६ वटा कार्यभार पुरा गर्नुपर्ने बताए । उनले लोकतन्त्रको बिकास राष्ट्रियता सुदृढ सामाजिक आर्थिक रुपान्तरण सशासन सांस्कृतिक रुपान्तरण र बाह्य मुलुक संग सन्तुलित सम्बन्ध बिकास लगायतका मुख्य ६ कार्यभार पुरा गर्ने नेतृत्व नेकपाले गर्ने दाबी गरे ।

मुलुकमा सबैको सहमति र सहकार्यमा बिकसित मुलुक संग प्रतिष्पर्धा गर्न सक्ने अग्रगामी संबिधान जारी गरेका छौ, नेकपा बरिष्ठ नेता खनालले भने, संबिधानको कार्यान्वयनको दायित्व पनि सबैको हो । लामो सघर्ष र क्रान्तिका बिच निरंकुशतन्त्रको अन्त्य गरेपनि मुलुकका अधिकांश संयन्त्रहरु अझै कमजोर रहेको उनको भनाई थिया । नेता खनालले प्रशासनिक संयन्त्र कमजोर हुदा अहिले कञ्जनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन कठिनाई भएको बताए ।

मुलुकमा लामो कालखण्ड पछि फरक फरक कित्तामा रहेका २ कम्युनिष्ट पार्टी बिच एकता हुनु सुखद पक्ष रहेको पूर्वप्रधानमन्त्री खनालको भनाई थियो ।

त्यसैगरी प्रतिनिधी सभाका सदस्य देबेन्द्र पौडेलले बिभिन्न आरोह अबरोहका बिच आएको नेकपालाई दुनियाँको कुनैपनि हावाले कमजोर पार्न नसक्ने बताए । उनले देश निर्माणका लागि सबै बिच सद्भाव र सहकार्यको आवश्यकता रहेकोमा उनको जोड थियोे ।

सो अवसरमा नेकपा स्थायी कमिटि सदस्य एबं संसदीय दलका नेता दीननाथ शर्माले राष्ट्रिय मुद्दामा सबै एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताउदै नेकपाले हिजोको आग्रह पुर्वाग्रह नराखी भावनात्मक एकताका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सचिव गोबिन्द नेपालीले संघीय शासन चलाउदा केही कमीकमजोरी भएपनि नेकपाको बिकल्प नभएको बताए । हिजोको जस्तो एउटा नभै संघीय सरकार चलाउनु निकै चुनौती पुर्ण रहेको भन्दै नेकपा नेता नेपालीले सम्मृद्ध नेपाल निर्माणका लागि आफुहरुको कार्यदिशा ठिक भएको दाबी समेत गरे ।

कार्यक्रम नेकपा जिल्ला संयन्त्रका संयोजक फमलाल निउरेको अध्यक्षता प्रतिनिधी सभाका सदस्य मन कुमारी केसीको स्वागत मन्तब्य र नेकपा जिल्ला संयन्त्रका सचिव लाल बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

तस्वीर- किरण आचार्य, फोटो संपादक, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *