पोखरामा डेङ्गु रोगको संक्रमण देखिएपछि बागलुङमा सजक हुन स्वास्थ्य कार्यालयको आग्रह !

बागलुङ २०७५ कात्तिक १७ । स्वास्थ्य कार्यालय बागलुङले यस जिल्लामा पनि डेङ्गु (डेङ्गी) रोगको संक्रमण बढने सम्भावना रहेका कारण यस बाट सजक हुन सवैमा आग्रह गरेको छ ।

पोखरामा यसको संक्रमण देखिएको कारण यस क्षेत्रमा पनि फैलिन सक्ने हुँदा यसको जोखिमबाट बच्नका लागी आम सर्वसाधारणलाई आग्रह गरेको हो ।

डेङ्गु प्रकोप हुन नदिनका लागी बागलुङका सवै स्थानीय तहले यसको रोकथामका लागि उच्च सतर्कता समेत अपनाउन थालेका छन् । पोखरा लगायतका स्थानमा यसको प्रकोप देखिएको हुनाले बागलुङमा पनि भित्रीन सक्ने सम्भावना रहेका कारण पहिलै सजक हुन आग्रह गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङले जिल्लाका सवैे स्थानीय तहले यसमा सावधानी अपनाउन आग्रह गरेको हो । डेङ्गु सार्ने लामखुट्टले जमेको सफा पानीमा फूल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर यसरी कुनै पनि भाँडामा पानी जम्न दिनु हुँदैन ।

यो सरुवा रोग भएका कारण यसको रोकथामका लागी सवै पक्षले चासो दिन जरुर रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर प्रकाश प्रसाद शाहले बताए । यस रोगलाई फैलिन नदिनका लागी जिल्लाकोे अञ्चल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमा आपतकालीन उद्धार टोली गठन गरिएको छ । साथै जिल्लामा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुलाई यसको रोकथामका लागी अपनाउनुपर्ने कुराका बारेमा जानकारी गराईएको पनि कार्यालयले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यो रोग महामारीको रूपमा पनि लिनसक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । स्वास्थ्यकर्मीहरुलाई यदी कुनै शंकास्पद विरामी भेटिएमा तुरन्त अस्पतालमा पठाउनका लागी आग्रह गरिएको छ । डेङ्गुको शंकास्पद बिरामीको जाँच निःशुल्क व्यवस्था मिलाइएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए ।

आवश्यक किटसमेत यहाँ निःशुल्क उपलब्ध हुने भएकाले शङ्का लागेका बिरामीले सहज रूपमा धौलागिरी अञ्चल अस्पतालमा जाँच गराउन सक्ने छन । हामी जिल्लाका सवै स्थानिय तहका यसको बारेमा सु–सूचित गरेका छौ उनले भने, जिल्लामा यो रोग निम्तीन नदिनका लागी सवै स्थानिय तहले पहल थाल्नुका साथै यसको बारेमा जानकारी गराउनुपर्दछ ।

नेपालमा सन् २०१२ मा पहिलो पटक झापाको काँकरभिट्टामा यो रोग देखिएको थियो । एडिज इजिप्टाई जातको लामखुट्टेले टोकेपछि डेङ्गु संक्रमण हुने गरेको पाईएको छ । मुख्यत ःवर्षा तथा गर्मी मौसममा यो रोग को संक्रमण बढी हुने गर्छ । बिरामीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, आँखाको गेडी दुख्ने, बान्ता हुने, सामान्य ज्वरो आउने र आलस्यता हुने, छालामा चाला आउनु रातो धब्बा वा चाला दादुरा जस्तो पनि हुने जस्ता लक्षण देखिने भएकाले होसियारी हुन जरुर रहेको तिवारीले बताए । खासगरी यो रोग ठुला बच्चा देखि बयस्कहरुमा हुने गर्दछ । संक्रमित लामखुट्टेले टोकेको ३ देखि १४ दिन भित्रमा डेङ्गु रोगका लक्ष्यणहरु देखिन थाल्छ ।

यसबाट बच्ने र रोग लाग्न नदिने उपाय लामखुट्टेको टोकाइबाट बच्नुबाहेक अरू केही छैन । पानी जम्ने ठाउँ, बिग्रेका तथा थोत्रा टायरमा जमेको पानी, साना खाल्डामा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँमा लामखुट्टेले अण्डा पार्ने गर्छ । साथै यदी यो रोग लागेमा आराम गर्ने, स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह र निगरानीमा रहने, प्रशस्त पानी र झोलिलो कुराहरु सेवन गर्ने गर्नु पर्दछ । जिल्लाका स्थानिय तहले ग्रामिण भेगमा सार्वजनिक सूचना गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *