कर अधिकृत चापागाईलाई बिदाई !

बागलुङ २०७५ कात्तिक १७ । सरुवा भई काठमाडौं जान लागेका आन्तिरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत सुर्य प्रसाद चापागाईलाई नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङले एक कार्यक्रमका बिच विदाई गरेको छ । संघका सल्लाहकार समेत रहेका चापागाई विगत २ वर्ष देखी तत्कालीन करदाता सेवा कार्यालयका कार्यालय प्रमुख समेत रहेका थिए । कार्यक्रममा बागलुङमा कार्यरत रहँदा चापागाई पु¥याएको योगदानको बारेमा चर्चा गरिएको थियो

विदाई भै जान लागेका चापागाईले बागलुङबाट पाएको मायाँ देशका जुन कुनै स्थानमा गए पनि भुल्न नसकिने रहेको बताएका छन । उनले सवैको सहयोगले आफ्नो कार्यअवधि निकै राम्रो सँग गएको भन्दै आफुले पनि आगामी दिनमा बागलुङको युनियन संघलाई कहिलै नभुल्ने बताएका छन ।

नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङका कार्यबहाक अध्यक्ष देवप्रकाश घिमिरेको अध्यक्षता सदस्दय दिनेश शर्माको स्वागत र सह–सचिव नारायण पौडेललको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसै गरी अफिर्सस क्लब बागलुङ र बागलुङ उद्योग बाणिज्य संघले पनि एक कार्यक्रमका विच विदाई गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *